पहिरोले ३ घर पुर्यो एकको मृत्यु ३ घाईते


वालिङ,१३ भदौ– केही दिनदेखि परेको अविरल वर्षाले जिल्लामा मानविय संगै भौतिक संरचनामा समेत क्षती पुर्याएको छ । आज(आइतबार) दिउसो घर माथिबाट पहिरो खस्दा गल्याङ नगरपालिका १ राम्दीमा एक जनाको मृत्यु भएको छ भने ३ घर पुरिएकाछन् ।

वालिङ नगरपालिका १४ की ४० वर्षीया घनमाया उम्रा लाई बस्नेत होटलमा पुरिएर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गुल्मी छत्रकोट गाउँपालिका घर भइ होटल सञ्चालन गर्दै आउनुभएकी ३७ वर्षीय लक्ष्मी बस्नेत लाई उद्धार गरेर उपचारको लागि पाल्पा लगिएको छ । यसै गरी सोही होटलमा रहेका रुपन्देही सैनामैना नगरपालिका १ का १६ वर्षीय शिशिर योगी, भीरकोट नगरपालिका ५ का ३६ वर्षीय नारायणप्रसाद तिवारीलाई उपचारको लागि पाल्पा लगिएको र मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

पहिरोले दिपेन्द्र श्रेष्ठका, लक्ष्मी बस्नेतले सञ्चालन गरेको बस्नेत होटल पुरेको छ भने सीता परियारको घरमा पनि क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । सड्क माथिबाट आएको पहिरोले सड्क समेत अवरुद्ध पारेकोले यो समाचार तयार पार्दा सड्क अवरुद्ध रहेको छ भने सड्क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal