स्याङ्जामा भदौ २५ सम्म थपियो निषेधाज्ञा

स्याङ्जा,१० भदौ– जिल्लामा निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर भदौ २५ गते सम्म पुर्याइएको जनाएको छ ।
गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा बढ्दै गएकोले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी गरिएको आदेशमा भनिएको छ ।
प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञामा जिल्लामा अझै पनि संक्रमणको जोखिम कायम रहेकोले संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकार मन्त्रीपरिषद्को २०७८÷०१÷१३ को निर्णय तथा जिल्ला सुरक्षा समितिको भदौ १० गते बसेको बैठकको निर्णय ससेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)ले दिएको अधिकार प्रयोग गरी भदौ १० गते राती १२ बजेदेखि भदौ २५ गते राती १२ बजे सम्म जिल्ला भर निषेधाज्ञा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
निषेधाज्ञाको अवधिमा प्रशासनले तोकेका बाहेकका अन्य कार्यहरु गर्न पाइनेछैन भने अत्यावश्यक कार्यहरु स्वास्थ्य संस्थाका साथै औषधी पसलहरु चौवीसै घण्टा सञ्चालन गर्न पाइने छ । प्रशासनले सके सम्म घर भीत्र बस्न र अत्यावश्क बाहेकका काममा बाहिर ननिस्किन अनुरोध गरेको छ ।
मेला महोत्सवका साथै मठमन्दिरमा भेलाहुन निषेध गरिएको छ भने बिभाह ब्रतबन्ध लागायतका कार्यहरु गर्दा १५ जना भन्दा बढि जम्महुन नपाइने भनिएको छ । भने पसलहरु समेत स्वास्थ्य सुरक्षाका उपायहरुको पालना गरेर बिहान ५ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
जिल्लामा हाल कोभिड १९ को नयाँ भेरियन्ट बालबालिकाहरुमा समेत देखा परेकोले क्याम्पस, विद्यालय लगायतका सबै प्रकारका शैक्षिक संस्थाहरु भौतिक रुपमा उपस्थित नभएर अनलाइनको माध्यामबाट सञ्चालन गर्न प्रशासनद्वारा जारी गरिएको आदेशमा भनिएको छ । व्यापार व्यावसाय लगायतका कार्यहरु स्वास्थ्यका मापदण्डको पालना गरेर सञ्चालन गर्न सकिने प्रशासनले जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार