स्याङ्जामा भदौ २५ सम्म थपियो निषेधाज्ञा
स्याङ्जा,१० भदौ– जिल्लामा निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर भदौ २५ गते सम्म पुर्याइएको जनाएको छ ।
गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा बढ्दै गएकोले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी गरिएको आदेशमा भनिएको छ ।
प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञामा जिल्लामा अझै पनि संक्रमणको जोखिम कायम रहेकोले संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकार मन्त्रीपरिषद्को २०७८÷०१÷१३ को निर्णय तथा जिल्ला सुरक्षा समितिको भदौ १० गते बसेको बैठकको निर्णय ससेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)ले दिएको अधिकार प्रयोग गरी भदौ १० गते राती १२ बजेदेखि भदौ २५ गते राती १२ बजे सम्म जिल्ला भर निषेधाज्ञा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
निषेधाज्ञाको अवधिमा प्रशासनले तोकेका बाहेकका अन्य कार्यहरु गर्न पाइनेछैन भने अत्यावश्यक कार्यहरु स्वास्थ्य संस्थाका साथै औषधी पसलहरु चौवीसै घण्टा सञ्चालन गर्न पाइने छ । प्रशासनले सके सम्म घर भीत्र बस्न र अत्यावश्क बाहेकका काममा बाहिर ननिस्किन अनुरोध गरेको छ ।
मेला महोत्सवका साथै मठमन्दिरमा भेलाहुन निषेध गरिएको छ भने बिभाह ब्रतबन्ध लागायतका कार्यहरु गर्दा १५ जना भन्दा बढि जम्महुन नपाइने भनिएको छ । भने पसलहरु समेत स्वास्थ्य सुरक्षाका उपायहरुको पालना गरेर बिहान ५ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
जिल्लामा हाल कोभिड १९ को नयाँ भेरियन्ट बालबालिकाहरुमा समेत देखा परेकोले क्याम्पस, विद्यालय लगायतका सबै प्रकारका शैक्षिक संस्थाहरु भौतिक रुपमा उपस्थित नभएर अनलाइनको माध्यामबाट सञ्चालन गर्न प्रशासनद्वारा जारी गरिएको आदेशमा भनिएको छ । व्यापार व्यावसाय लगायतका कार्यहरु स्वास्थ्यका मापदण्डको पालना गरेर सञ्चालन गर्न सकिने प्रशासनले जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।
ताजा
नेकपा एमाले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ द्वारा संकल्प पत्र सार्वजनिक, सुशासन देखि आँधिखोला हाईड्म–कालीगण्डकी नदिमा जल यातायात सम्म
२०८२ फाल्गुन ५ गते, मंगलवार
नेकपा एमाले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ द्वारा संकल्प पत्र सार्वजनिक, सुशासन देखि आँधिखोला हाईड्म–कालीगण्डकी नदिमा जल यातायात सम्म
२०८२ फाल्गुन ५ गते, मंगलवार
नेपाली कांग्रेस स्याङ्जाको चुनावी संकल्प पत्रमा सडक विस्तार देखि पर्यटन र प्राविधिक शिक्षा सम्म
२०८२ फाल्गुन ५ गते, मंगलवार
राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्याङलाई
२०८२ फाल्गुन ५ गते, मंगलवार
कोटेश्वरको ट्राफिक व्यवस्थापन गर्न,अत्याधुनिक संरचनाको तयारी
२०८२ फाल्गुन ५ गते, मंगलवार
नेल्टाद्वारा आयाेजित हिज्जे रनिङ शिल्डको उपाधि त्रिभुवन आदर्श माविलाई
२०८२ फाल्गुन २ गते, शनिबार
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
२०८२ फाल्गुन १ गते, शुक्रबार
एकासी अर्ब घनमिटर ग्यास भण्डारण पुष्टि
२०८२ फाल्गुन १ गते, शुक्रबार
वालिङमा सिप प्रमाणीकरणः ३९ जनाले पाए सिटीभिटी लेभल–२ प्रमाण पत्र
२०८२ फाल्गुन १ गते, शुक्रबार
पूर्ण शिक्षाको जिम्मा निजी विद्यालयले लिन तयार हुनुपर्ने–अध्यक्ष अधिकारी
२०८२ फाल्गुन १ गते, शुक्रबार






















