जेष्ठ नागरिक पक्राउ
वालिङ,१० भदौ– प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार रहेका जेष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका १४ (साविक चण्डिकालीका गाविस ५) का ७५ वर्षीय यामप्रसाद पौडेललाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । पोखरामा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यान मुद्धामा २०५४ साल कात्तिक ४ गते जिल्ला अदालत स्याङ्जाबाट १९ वर्ष ६ महिना १२ दिन कैद सजाय तोकेको थियो । अदालतले सजाय तोके पनि फरार रहेका पौडेललाई प्रहरीले बुधबार पोखराबाट पक्राउ गरेको थियो । पक्राउ पर्नुभएका पौडेललाई जिल्ला अदालतमा पेश गरेर कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















