कोरोना संक्रमण निको भएकाहरूमा पोष्ट कोभिडको जोखिम बढ्दो

विष्णु पाण्डेय

काठमाडौ,३ भदौ – कोरोना संक्रमण निको भएकाहरूमा पनि पोष्ट कोभिड (कोभिड निको भए पछि हुन समस्या)को जोखिम बढीरहेको चिकित्सकहरूले बताएका छन् । कोरोना संक्रमण निको हुँदै जाँदा पोष्ट कोभिडका बिरामीहरूको संख्या पनि बढ्दै गएको उनीहरूले बताएका हुन् । 

ह्याम्स अस्पतालका छाती रोग विशेषज्ञ डा.राजु पंगेनीले कोरोना संक्रमितहरुले चाँडै उपचारमा ध्यान नदिँदा पोष्ट कोभिडका बिरामीको संख्यामा वृद्धि हुने गरेको बताउनुभएको छ । ह्याम्समा उपचार पछि निको भएका ५० प्रतिशत मानिसहरु पोष्ट कोभिडको समस्या लिएर आउने गरेको उहाँले बताउनुभयो । कोरोना संक्रमितहरुको उपचारमा ढिलाई हुँदा पोष्ट कोभिडका लक्षणहरू बढी देखिएको उहाँले बताउनुभयो । पोष्ट कोभिड देखिएका अधिकांशमा खुट्टा दुख्ने, श्वासप्रश्वासमा  समस्या हुने ,मुटु हल्लिएको अनुभूति हुने, शरीरमा शक्ति नै नभएको महसुस हुने खालका  लक्षण देखिने गरेको उहाँ बताउनुहुन्छ ।

कोरोना संक्रमण भएकाहरूमा अक्सिजनको मात्रा कम भएर अस्पताल पुगेकाहरूमा पोष्ट कोभिडको लक्षण बढी देखिएको उहाँले बताउनुभयो । पोष्ट कोभिडको लक्षणहरू हराउनको लागि सामान्यतया चार महिना लाग्न सक्ने तर मनोवैज्ञानिक रूपमा यस्ता लक्षणहरू हराउनको लागि छ महिनासम्म लाग्न सक्ने उहाँ बताउनुहुन्छ  ।

यस्तै त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा.सन्तकुमार दास पनि कोभिड निको भएकाहरूमा पोष्ट कोभिडको जोखिम बढेको स्वीकार्नुहुन्छ ।  कोरोना संक्रमण भएर निको भएका बिरामीमा पोष्ट कोभिडको जोखिम उच्च रहेको उहाँको भनाई छ । आईसियूमा उपचार गरेर निको भएका कोभिडका बिरामीमा पोष्ट कोभिडका लक्षणहरू धेरै देखिने गरेको उहाँले बताउनुभयो । पुरुषको तुलनामा महिलामा पोष्ट कोभिडको जोखिम बढी देखिने गरेको उहाँ बताउनुहुन्छ । 

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.अनुप बास्तोलाले पनि कोरोना संक्रमित निको भएपछि पोष्ट कोभिडका लक्षणहरू देखिएको बताउनुभएको छ । पोष्ट कोभिड भएका बिरामीहरूमा मनोपरामर्शको एकदमै आवश्यकता रहेको उहाँले बताउनुभयो । “विशेषगरी पोष्ट कोभिडका लक्षणहरू आईसीयूमा पुगेर रिकभर भएका बिरामीहरूमा धेरै  देखिएको छ  । उनीहरूले अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ की भन्ने मनोभाव राखेको पाइएकाले कोभिड निको हुनेहरूलाई मनोपरामर्शको आवश्यकता देखिएको छ उहाँले भन्नुभयो ।”पोष्ट कोभिडका लक्षहरू युवा नै धेरै देखिने गरेको उहाँ बताउनुहुन्छ । गोरखापत्र

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal