चापाकोटका मेयर शिवकुमार गिरीलाई अदालतद्वारा १५ दिन भित्र उपस्थित हुन आदेश

वालिङ,३२ साउन– चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरीलाई उच्च अदालत पोखराले १५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । उच्च अदालत पोखरामा नगरपालिकाका प्रमुख गिरीलाई विपक्षी बनाएर मुद्धा दायर गरिएपछि अदालतले नगरप्रमु गिरीलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
नगरपालिकाले प्रकृया पुरा नगरी मापदण्ड विपरीत विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै गठित समिति तत्काल खारेज गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको अदालतले जनाएको छ ।
नगरपालिकाका नगरप्रमुख गिरीले अभिभावकको अधिकारलाई कुन्ठित गर्ने गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र अन्य पदाधिकारी चयन गरेको भन्दै उहाँविरुद्ध चापाकोट नगरपालिका १० निवासी चिनुमाथा श्रेष्ठ, विवेक अधिकारी, शोभाकान्त खनाल, शंकर थापा र राम बहादुर श्रेष्ठले मुद्धा दिनुभएको थियो ।
राज्यको जिम्मेवार निकायले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र अन्य पदाधिकारी चयन गर्दा असंवैधानिक गैरकानूनी, अमर्यादित र स्वेच्छाचारी तरीकाले गरेको भन्दै निर्णय खारेज गर्न माग गर्दै आदालतमा रिट निवेदन परेको हो ।
चापाकोट नगरपालिकाले मापदण्ड विपरित विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै परमादेश माग गर्दै परेको मुद्धामा निवेदको तर्फबाट अधिवक्ताद्धय युवराज पराजुली र राजाराम घिमिरेले बहस गर्नुभएको थियो ।
उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो र आदेश जारी जारी हुनु नपर्ने कुनै आधार कानून भए सो समेत उल्लेख गरी १५ दिनभित्र अदालतमा लिखित रुपमा उपस्थिति हुन आज आदेश जारी गरेको छ ।
अन्तरिम आदेशको सम्बन्धमा भदौ ९ गते विपक्षी र निवेदक दुवैलाई अदालतले छलफलको लागि बोलाएको छ । यस अघि चापाकोट नगरपालिका आफैले बनाएको शिक्षा ऐन मिचेर विद्यालय व्यवस्थापन समिति गठन गरेको विरोधमा चापाकोट १० बोटेटारको जनज्योति माविका अभिभावहरुले विद्यालयमा तालाबन्दी गरेका थिए ।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार