आचार्यलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले गर्यो आर्थिक सहयोग

 सुनिल न्यौपाने

चापाकोट,३१ साउन – नसा सम्बन्धी रोगले विगत ३  वर्षदेखि बिरामी भई विस्तारामा पर्नुभएका चापाकोट नगरपालिका २ स्वामिभन्ज्याङका गुणनिधी आचार्यलाई स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितीले आर्थिक सहयोग गरेको छ।

स्याङ्जा सहयोग समाज कतारका पुर्व अध्यक्ष तथा  सल्लाहकार रामु बस्यालको उपस्थिती तथा स्याङ्जा सहयोग समाज युएई सास्कृतिक विभाग प्रमुख प्रकाश ढकालको संयोजकत्वमा ११ हजार रुपैयाँ प्रदान गरिएको छ।

आचार्यको उपचारका लागि थप सहयोग गर्ने ढकालले बताउनुभयो। केन्द्र सरकारले बिपन्न तथा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको भन्ने सुन्नमा आएपनि दूरदराजका ज्येष्ठ नागरिकले भने उक्त सेवा अझै लिन नसकेको पीडित आचार्यले गुनासो गर्नुभयो। तीन छोरी र श्रीमतीका अभिभावक आचार्य विगत ३ वर्षयता खुट्टा नचल्ने र कम्मरमुनिको भागमा अत्यधिक पिडा हुने लगायतका समस्याले ग्रसित भएपनि उपचार नपाउँदा कष्टकर जीवन बिताउन बिवश हुनुहुन्छ ।

छोराछोरीको पालनपोषणका लागि आचार्यकी श्रीमतीले कठोर संघर्ष गरिरहनुभएको छ । आफू शारीरिकरूपमा अशक्त भएका कारण चाहेर पनि छोरीहरु साथै श्रीमतीको अभिभावक बन्न नसकेकोआचार्यले बताउनुभयो।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal