बीएससी एजी पढेर बाँस खेती, बाँस बेचेर करोडपति
अमरराज नहर्की
तनहुँ,३० साउन – तनहुँका एक कृषक बाँस विक्री गरेर करोडपति बन्न सफल हुनु भएको छ । व्यास नगरपालिका–५ पाटन निवासी ८६ वर्षिय कृषक केबी गुरुङले बाँसका विरुवा र बाँस विक्री गरेर मनग्गे आम्दानी गर्नु भएको हो ।
कृषक गुरुङले १५० रोपनी जमिनमा वनस्पती उद्यान सञ्चालन गर्नु भएको छ । उद्यानको एक रोपनी क्षेत्रफलमा हुर्काएका बाँस र उत्पादन गरिएका विरुवाले वर्षिक ३० लाख भन्दा बढी आम्दानी हुन सफल भएको कृषक गुरुङले बताउनुभयो । गत वर्ष २५ लाख रुपियाँको बिरुवा र आठलाख लाखको बाँस बिक्री गरेकार ३२ लाख रुपियाँ मुनाफा गरेको कृषक गुृरुङ जानकारी दिनुभयो । भू–क्षय रोक्ने, हुर्काउन कठिन नहुने र विक्रीको लागि पनि समस्या नभएकोले खेर गएर बाँझो बसेको जमिनमा बाँस हुर्काएर मनग्गे कमाउन सकिने कृषक गुरुङले बताउनुभयो ।
चीन भ्रमणको क्रममा बाँसबाट कागज बनाएर त्यहाँका उद्योगले राम्रो आम्दानी लिएको पाएको उल्लेख गर्दै कृषक गुरुङले नेपालमा त्यो प्रविधिहरु भित्राएर कागजमा आत्मनिर्भर बन्ने मात्रै नभई निर्यात समेत गर्न सकिने सुझाव दिनुहुन्छ । ‘‘तराई देखि पहाड सम्मका धेरै भूगोलमा बाँस हुर्काउन सकिन्छ त्यसबाट मनग्गे धन आर्जन गर्न सकिन्छ तर ध्यान पुगेको छैन’’ कृषक गुरुङले भन्नुभयो । सौन्दर्यको लागि होटल तथा रेष्टुरेण्टहरुमा विभिन्न फेन्सी जातका बासँ विरुवाहरु माग हुने गरेर तर यो वर्ष कोरोनाको कहरले गर्दा बिरुवा किन्ने नआएको उहाँले जानकारी दिनुभयो ।
कोरोनाले गर्दा होटल तथा रेष्टुरेण्टमा लगानी प्रभावित भएकोले बिक्री गर्न समस्या परेको उहाँले जानकारी दिनुभयो । करीव १० हजार विरुवा विक्री नभएर मर्ने अवस्थमा पुग्न लागेको उहाँले गुनासो गर्नुभयो । बाँस बहुउपयोगी बनस्पती हो तरकारी देखि लिएर सजावटका समान, घरायसी प्रयोजनका धेरै समान बनाउन सकिन्छ । उहाँको उद्यानमा १० जनाले रोगजारी पाएका छन् ।
विं.स. २०३२ साल देखि नै बाँसलाई व्यवसायिक रुपमा हुर्काउने तथा विरुवा उत्पादन गर्न थालेको उहाँले जानकारी दिनुभयो । कृषक गुरुङले अधिकृत स्तरको सरकारी जागिर छोडेर बनस्पती उद्यान सञ्चालन गर्नु भएको हो । भारतको कानपुरबाट विएसी एजी पास गरेपछि तनहुँको सदरमुकाम दमौलीमा विंस.२०३२ सालमा कृषि तथा खाद्य सस्थानको कार्यालय प्रमुखको रुपमा सरकारी सेवामा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।
भारतमा पढ्ने त्यहाँको हरियाली उद्यानले लोभ्याएको त्यस्तो मिल्दो जुल्दो हावापानी पाएर काठमाडौं छाडेर तनहुँमा व्यवसायिक रुपमा उद्यान सञ्चालन गरेको उहाँले बताउनुभयो । सरकारी जागिरले उद्यानमा समय दिन अप्ठ्रो भएपछि बि.स.२०३६ सालमा सरकारी जागिर छोडेर व्यवसायिक कृषि कर्मलाई समय दिएको गुरुङले बताउनुभयो । मोटा, नियाले, धनु, लट्ठी, तामा, कालो तामा, पहेलो, झगडिया लगायतको गरी २२ जातका बाँस हुर्काएको र त्यसको विरुवा पनि उत्पादन गरिरहेको उहाँले बताउनुभयो । ४६ वर्ष अघि कृषि पेशामा लाग्नु भएका गुरुङले उद्यानमा महङ्गो मूल्यमा बिक्रीे हुने बनस्पतीहरु अगरउड, श्रीखण्ड, रक्तचन्दन तथा मेलसियन साल लगायतको बनस्पतीहरु हुर्काउनु भएको छ । स्रोतः गोरखापत्र
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















