१० वर्षमा बिहे, १३ मा आमा
आश गुरुङ
लमजुङ,२२ साउन– हसिना मियाँ १३ वर्षकी हुनुभयो । उहाँको काखमा ६ दिनकी छोरी हुर्किरहेकी छन् । छोरीलाई काखमा च्यापेर उहाँ छिनछिनमा टोलाउनुहुन्छ । मियाँका अनुसार बिहे १० वर्षमै भयो ।
आफैं सम्हालिन नसक्ने उमेरमा मियाँले बच्चीलाई स्याहार्नुपरेको छ । सुन्दरबजार नगरपालिका–८, भोटेओडार बगैंचानजिकै एउटा घरको कोठामा छोरीलाई लिएर बस्नुभएको छ मियाँ । सकिनसकी बच्चा स्याहार्नुभएको छ । कलिलो उमेरमा भएको सुत्केरीले उहाँलाई भार परेको छ ।
३ दिन व्यथा लागेपछि पति आइतबहादुर तामाङले बेंसीसहरस्थित जिल्ला अस्पताल पुर्याएका थियो । ‘बच्चा कसरी जन्मियो, पत्तै भएन,’ उहाँले भन्नुभयो । गत शनिबार मियाँले अस्पतालमा बच्चा जन्माउनुभएको हो । बुबासँगै बसे पनिे खासै माया नपाएको मियाँले गुनासो गर्नुभयो । आमा दोस्रो बिहे गरी दाङ पुगेको उहाँले बताउनुभयो । ७ सन्तानमध्ये मियाँ माइलोपछिको एक्ली छोरी हुनुहुन्छ । ‘४ कक्षासम्म मात्रै पढें । पछि बालुवा चाल्ने काम गरें । त्यही बेला बुढो ९आइतबहादुर० सँग भेट भएको हो,’ उहाँले भन्नुभयो, ‘सँगै काम गर्दा माया बस्यो । बिहे भयो ।’
सुत्केरी भएपछि कोठा खोजेर राखेको हसिनाकी फुपू सुकमाया मियाँले बताउनुभयो । ‘बाउले हेरेनन्, आमा छैनन् । अरू कसले हेर्ने ? मसँग राखौं भने पनि कोठा छैन’ उहाँले भन्नुभयो । चिसो भुइँमा म्याट ओछ्याइएको छ । पुरानो खाटमा झुल टाँगेर तन्ना बिछ्याएको छ । पुराना लुगाफाटा र भाँडाकुँडा छरपस्ट छन् । हसिनाका पति मजदुरी गनुहुन्छ । उहाँ २० वर्षको हनुभयो । तामाङले उहाँको घर लमजुङकै भुष्मे भएको बताउनुभएको छ ।
हसिनाको परिवार भने हजुरबुबाकै पालामा तनहुँबाट आएका हुन् । ‘बालुवा चाल्ने र बोक्ने ठाउँमा भेट भएको हो । त्यहीं माया बस्यो । अनि बिहे गरेको,’ तामाङले बताउनुभयो । सानै उमेरमा बिहे गर्न हुँदैन भन्ने ज्ञान नभएको उहाँले बताउनुभयो । बेसहारा हसिनालाई सहारा दिएको तामाङ बताउनुहुन्छ । स्रोत कान्तिपुर
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















