देउवालाई युवा नेताहरूको चेतावनी – महाधिवेशन सुनिश्चित नभए देशभर आन्दोलन
काठमाडौं,२१ साउन– नेपाली कांग्रेसका युवा नेताहरूले महाधिवेशन सुनिश्चित नगरिएर ७७ वटै जिल्ला कार्यालयमा अनसन शुरू गर्ने चेतावनी दिएका छन् ।
सबल कांग्रेस निर्माणका लागि युवा अभियानका प्रतिनिधिहरूले आज कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न, समायोजनका नाममा बाँडिएका विधानविपरीतका सदस्यताको पुनः छानविन गर्न र विधिवत महाधिवेशन निश्चित गर्न माग गरेका हुन् ।
‘पार्टी र लोकतन्त्रलाई जीवन्तता दिने र वैधता कायम राख्ने यी मागहरु पूरा नभएको अवस्थामा पार्टीको केन्द्रीय कार्यालय र ७७ वटै जिल्ला कार्यालयहरुमा धर्ना,अनसन र आमरण अनसन लगायतका थप कार्यक्रमहरु गर्न बाध्य हुनेछौ’, पत्रमा भनिएको छ । ध्यानाकर्षण पत्रमा कांग्रेस केन्द्रीय समितिबाहिर रहेका ५० बढी युवा नेताको हस्ताक्षर छ ।
अभियानका सदस्य एवं नेविसंघका पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले महाधिवेशनको कार्यतालिका प्रभावित भइसक्दा समेत पार्टीले सामान्य सूचना समेत जारी नगरेको, कार्यकर्तालाई गुमराहमा राखिएको र महाधिवेशन हुन नदिने प्रयत्न भएकोले दबाब दिन अभियान थालिएको बताउनुभयो । तत्काल महाधिवेशन निश्चित नभए आमरण अनसन लगायतका आन्दोलन गर्न आफूहरू तयार रहेको सुवेदीले बताउनुभयो।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















