स्याङ्जामा साउन ३२ सम्म थपियो निषेधाज्ञा

स्याङ्जा,२१ साउन– जिल्लामा निषेधाज्ञा थप गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर साउन ३२ गते सम्म पुर्याइएको जनाएको छ । गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा बढ्दै गएकोले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल द्वारा जारी गरिएको आदेशमा भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी गरिएको निषेधाज्ञामा जिल्लामा अझै पनि संक्रमणको जोखिम कायम रहेकोले संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकार मन्त्रीपरिषद्को २०७८÷०१÷१३ को निर्णय तथा जिल्ला सुरक्षा समितिको असार २१ गते बसेको बैठकको निर्णय ससेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)ले दिएको अधिकार प्रयोग गरी साउन २२ गते राती १२ बजेदेखि साउन ३२ गते राती १२ बजे सम्म जिल्ला भर निषेधाज्ञा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

निषेधाज्ञाको अवधिमा प्रशासनले तोकेका बाहेकका अन्य कार्यहरु गर्न पाइनेछैन भने अत्यावश्यक कार्यहरु स्वास्थ्य संस्थाका साथै औषधी पसलहरु चौवीसै घण्टा सञ्चालन गर्न पाइने छ । प्रशासनले सके सम्म घर भीत्र बस्न र अत्यावश्क बाहेकका काममा बाहिर ननिस्किन अनुरोध गरेको छ ।

मेला महोत्सवका साथै मठमन्दिरमा भेलाहुन निषेध गरिएको छ भने बिभाह ब्रतबन्ध लागायतका कार्यहरु गर्दा १५ जना भन्दा बढि जम्महुन नपाइने भनिएको छ । भने कामदार एवं सुपरभाइजरहरु यथास्थानमा रहेर विकास निर्माणका कामहरु समेत स्वास्थ्य सुरक्षाका उपायहरुको पालना गरेर सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय द्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

जिल्लामा हाल कोभिड १९ को नयाँ भेरियन्ट बालबालिकाहरुमा समेत देखा परेकोले क्याम्पस, विद्यालय लगायतका सबै प्रकारका शैक्षिक संस्थाहरु भौतिक रुपमा उपस्थित नभएर अनलाइनको माध्यामबाट सञ्चालन गर्न प्रशासन द्वारा जारी गरिएको आदेशमा भनिएको छ । व्यापार व्यावसाय लगायतका कार्यहरु स्वास्थ्यका मापदण्डको पालना गरेर सञ्चालन गर्न सकिने प्रशासनले जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

ताजा

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal