गृहमन्त्रीलाई कोमल वलीको प्रश्न दार्चुला घटनालाई कम्फर्टेबल बनाउन खोजेको हो ?

काठमाडौ,१८ साउन– राष्ट्रियसभामा विपक्षी दलका सांसदहरुले दार्चुला घटनाबारे भारतसँग छलफल गर्न किन डराएको ? भनी गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गरेका छन् ।

गृहमन्त्री खाँणले विशेष समय लिएर राखेको धारणाबारे प्रश्नोत्तरमा सहभागि हुँदै नेकपा एमालेका सांसदहरुले भारतीय एसएसबीले तुइन काटेर नेपाली युवाको हत्या गरेकोमा सरकार किन मौन रहेको भनी प्रश्न गरेका हुन् ।
‘सरकारले समितिमात्रै बनाएर बस्न मिल्छ कि हिम्मत गरेर भारतसँग कुरा गर्छ ? कि सरकारले यसलाई कम्फर्टेबल बनाउन खोजेको हो ?’ राष्ट्रियसभा सदस्य कोमल वलीले प्रश्न गर्नुभयो । त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले जयसिंह धामीको मृत्युबारे भारतसँग सरकारले किन कुरा नगरेको भनी प्रश्न गर्नुभएको थियो ।
सांसद डा. विमला राई पौडेलले तुइन विस्थापनमा भारतीय असहयोगलाई सरकारले कसरी सामना गर्छ भनी प्रश्न सोधनुभएको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal