गठबन्धन सरकारको उपहार ः बजेट कटौती
गोपाल जिटी
वालिङ,१८ साउन– गण्डकी प्रदेशमा नयाँ गठबन्धन सरकारको निर्माण संगै स्याङ्जा जिल्लामा भएका विकास निर्माणका योजनाको बजेटमा व्यापक कटौती गरेको छ ।
भौतिक पूर्वाधार अन्तर्गत सडक, खानेपानी, सिंचाइ, तटबन्ध लगायतका क्षेत्रमा स्याङ्जाको लागि बजेटमा कटौति गरेको हो । क्रमागतरुपमा पर्दै आएको बजेटमा नयाँ समिकरणको सरकार बने लगत्तै कटौती गरिएको स्याङ्जा क्षेत्र नम्बर २ क का सांसद तथा विधायन समितिका सभापति मोहन रेग्मीले बताउनुभयो । सभापति रेग्मीले गत वर्ष क्रमागतरुपमा पर्दै आएको बजेटमा यो वर्ष ८ करोड ५० लाख वजेट कटौती भएको उल्लेख गर्नुभयो ।
सभापति रेग्मीका अनुसार आव०७५÷०७६ मा २० करोड ९६ लाख छुट्याइएको थियो भने आव २०७६÷०७७ मा २७ करोड ७ लाख विनियोजन भएको थियो । यसैगरी आव २०७७÷०७८ मा ३२ करोड ११ लाख २५ हजार विनियोजन गरिएको थियो । यसरी गण्डकी प्रदेशको अघिल्लो सरकारद्वारा वार्षिक बजेटमा क्रमिकरुपमा वृद्धि गर्दै आएकोमा यस आवका लागि झण्डै साडे ८ करोडमा झारिएको छ ।
नयाँ समिकरणको सरकार बनेपछि बायाँटारी उदियाचौर सेतिवेणी सडकका लागि गत आवमा ३२ करोडमा टेण्डर भइ काम भैरहेकोमा यस मध्येको क्रमागत ७ करोड ५० लाख बाहेकका विकास वजेटमा जम्मा ८ करोड ५२ लाख मात्र छुट्याईको छ ।
विकास बजेटमा पचास÷पचास लाखका १० वटा योजनालाई काटेर पाँचवटा योजनामा पाँच लाख मात्र विनियोजन गरिएको सभापति रेग्मीले उल्लेख गर्नुभयो । पचास लाखको ठाउँमा करोड हालिदिएको भए जनताले गुनासो छोडेर खुशी व्यक्त गर्ने थिए । आँपूm निर्वाचित भएपछि जति गरें, त्यसबाट जनताले प्रत्यक्ष अनुभूत गरेको महसुस गराएको दावी गर्दै सभापति रेग्मीले निरन्तर जनताका हरेक दुःख सुखमा खट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी कृषिमा मुख्यमन्त्री जलवायु कृषि गाउँ भनेर जिल्लाका तीन स्थानमा पकेट क्षेत्रकारुपमा विकासको थालनी गरिएको छ । सभापति रेग्मीका अनुसार पहिलो वर्ष भीरकोट नगरपालिकाको वडा नम्बर ८ वकादीमा मुख्यमन्त्री जलवायु कृषि गाउँकारुपमा स्थापित गरेर त्यहाँका कृषकहरुले उपलव्धी प्राप्त गरेका छन् । दोस्रो वर्ष गल्याङ ७ को पेलाकोट कपुर्दी र वालिङ ६पीतलेकमा कृषकहरुलाई उत्पादनमा लाग्ने बातावरण सिर्जना गरी उत्साहित गराउने काम भएको छ भने यसले जनताका बीचमा काम गर्न लागेको पुष्टी गरेको छ ।
यो वर्ष अरु धेरै काम गर्ने योजना थियो तर बजेट किन काटियो यसमा अनविज्ञ रहेको सभापति रेग्मीको भनाई छ । एमालेको प्रदेश सरकार भएकाबेला अरु पार्टीले पालिकाहरुमा नेतृत्व गरेको भएपनि कहिल्यै प्रतिपक्षकोरुपमा नहेरेको सभापति रेग्मीको दावी छ । जनताका विकास र समृद्धिसँग जोडिएका योजनाका बजेट काटिनु दुःखद रहेको उहाँले उल्लेख गर्नुभयो । यसका साथै सभापति रेग्मीले विनियोजित बजेटले निरन्तरता पाउनुपर्छ भनेर आँपूmले पहल गर्ने प्रतिवद्धता सहित जनताका बीचमा हातेमालो गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कतिपय टेण्डर भएर काम अगाडि बढाइएका योजनाका बजेट समेत कटौती गर्नु विडम्बना भएको छ । अघिल्लो वर्ष सडक योजनाका लागि १३ करोड विनियोजन गरिएकोमा यस पटक १ करोडमात्र छुट्याइएको सभापति रेग्मीको भनाई छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















