भारतीय एसएसबीको ज्यादती विरुद्ध वालिङमा युवाद्वारा प्रदर्शन

वालिङ,१६ साउन– महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि दार्चुलाका एक युवा महाकाली नदीमा खसेर बेपत्ता भएको घटनालाई लिएर वालिङमा विरोध प्रदर्शन भएको छ ।

वालिङमा गैह्रराजनीतिक युवा समुहले विरोध प्रदर्शन गरेको हो । शुक्रबार दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिदा जयसिंह धामी महाकालीमा खसेर वेपत्ता हुनुभएको थियो । युवाहरुले सिमा क्षेत्रमा बस्ने नेपाली दाजुभाईहरुको सुरक्षाको माग गर्दै वालिङमा विरोध प्रदर्शन गरेका हुन् । युवाहरुको समुहले वालिङमा कोण सभा समेत गरेका थिए ।
कोण सभामा सिमा क्षेत्रमा बसेका नेपालीहरुको सरकारले सुरक्षा गर्नुपर्ने बताउदै भारतीय ज्यादतीको चर्को विरोध गरेका थिए हात–हातमा प्लेकार्ड बोकेका युवाहरुले भारतीय एसएसबीको ज्यादती विरुद्ध नेपाल सरकारले तुरुन्तै कारवाही गरी पिडितलाई न्याय दिन माग गरेका थिए ।

खुल्ला सिमानामा खुल्ला हत्या, सरकार जनताको सुरक्षा खोई ? नागरिकलाई कसले सुरक्षा दिन्छ ? जयसिंह धामी नेपाली नागरिक हैनन ? भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड सहित युवाहरुले भारतीय एसएसबीको अमानवीय अक्षम्य अपराध र हेपहा प्रवृत्ति विरुद्ध हदै सम्म कठोर कदम चाल्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

सामाजिक अभियान्ता दिनकर नेपाल र प्रकाश अर्यालकाे नेतृत्वमा भएको विरोध कार्यक्रमा आइतार इलाका प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र समेत बुझाउने कार्यक्रम रहेको समेत बताइएको थियो । विरोध कार्यक्रममा सहभागि युवाहरुले नेपालको राष्ट्रिय झण्डा र सहित प्लेकार्डहरु बोकेका थिए ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal