पार्टीहित विरुद्ध काम गर्नेलाई स्थान दिन सकिदैनः एमाले अध्यक्ष ओली
काठमाडौं, १६ साउन– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको सरकार ढलाएर दक्षिणपन्थी सरकार गठन गर्नमा सहयोग गर्नेलाई पार्टीमा अव स्थान नरहेको बताउनुभएको छ । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
विघटित कार्यदलका सदस्यहरुले पार्टी एकताको पक्षमा गृहकार्य जारी राखेकै बेला अध्यक्ष ओलीको यस्तो भनाई आएको हो ।“आफ्नो पार्टीको अध्यक्ष नेतृत्वको सरकारलाई विश्वासको मत नदिने, दक्षिणपन्थी सरकार बचाउन पार्टीको ह्वीप क्रस गराएर मतदान गर्नेलाई पार्टीमा स्थान दिन सकिदैन”उहाँले भन्नुभयो ।
एमाले नेतृत्वको सरकार ढल्नु भनेको जनताको सरकार ढल्नु हो भन्दै अध्यक्ष ओलीले अव मुलुकमा अस्थिरता शुरुभएको बताउनुभयो । पार्टी हित विरुद्ध काम गर्ने नेता तथा कार्यकर्तालाई छुट दिन नसकिने पनि उहाँले बताउनुभयो । देशको समृद्धिका लागि आगामी निर्वाचनमा पुनः एमालेलाई बहुमत दिन ओलीले जनतासँग आग्रह गर्नुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















