कालीगण्डकी जलाधार र डाइभर्सन

नवराज पोखरेल

कालीगण्डकी तिनाउ डाइभर्सनको कार्यालय स्थापनासँगै त्यस आयोजनाको सकारात्मक तथा नकारात्मक पक्षका विवेचना हुन थालेको छन् । अन्तरप्रादेशिक यस्तो आयोजनाको अनुभव नेपालमा नभएकाले यसमा चासो र चिन्ता देखिएको हुनुपर्छ । कालीगण्डकी नदी र यसको ऐतिहासिकता, सांस्कृतिक, धार्मिक, वातावरणीय पक्षको चर्चा पनि यसैसँग जोडिएको छ ।
कालीगण्डकी नेपालका तीन वटा (कोसी, गण्डकी र कर्णाली) नदी प्रणालीमध्ये एक हो । मुस्ताङ जिल्लाको न्युबिन हिमाल क्षेत्रबाट सिर्जित कालीगण्डकी मूललाई छुमा खोला भन्ने गरिन्छ । यो धारा प्रसिद्ध दामोदर कुण्डसँगै छ । लोमन्थाङमा झरेपछि कालीगण्डकी दक्षिणपश्चिममा बग्छ । मुक्तिनाथ क्षेत्रमा आएपछि कालीगण्डकीमा झोंग खोला, काक खोला (कृष्णा नदी) प्रमुख सहायक नदी काली गण्डकीमा मिसिन्छन् । त्यसपछि कालीगण्डकी घाँटी वा अन्धागल्छी भनिने संसारकै गहिरो भएर बग्छ । गलेश्वरको राहुघाट खोला, म्याग्दी खोला, मोदी खोला र रिडी बजारमाथि रुद्रवेणीमा बडिगाडसँग मिसिदै बग्छ । महाभारत क्षेत्रको उत्तरी किनारबाट दक्षिणतर्फ फर्किदै गर्दा महाभारतलाई छेडेर कालीगण्डकी देवघाटमा नारायणीमा मिसिएर त्रिवेणी पुगी भारततिर लाग्छ । भारतमा यसलाई गण्डक भनिन्छ ।
देवीभागवत् पुराणमा कालीगण्डकीमा मात्रै पाउने शालिग्राम बारेमा एउटा कथा उल्लेख छ । पुराणमा धर्मदेवजा नामक राजाको वर्णन छ जो सुरुमा देवी लक्ष्मीका भक्त थिए र पछि उनको प्रतिद्वन्द्वी भए । लक्ष्मीलाई धर्मदेवजाले धेरै दुःख दिने कोसिस गरे, उनका छोरा पद्मद्वाजले आफ्नो बुबाको गल्ती महसुस गरे र लक्ष्मीको भक्त भए । उनको भक्तिबाट देवी प्रसन्न हुनुभयो, लक्ष्मीले तुलसीको रूपमा अवतार लिनुभयो ।
तुलसी भगवान् कृष्णको प्रेममा डुब्नुभयो । तिनीहरूले आफ्नो बन्धन अमर गर्न विवाह गरे । भगवान् कृष्णले आफूलाई शालवर्ग (शालिग्राम) र तुलसीलाई गण्डकी (कालीगण्डकी) नदीको रूपमा बदल्नुभयो । आज पनि शालवर्ग (शालिग्राम) केवल कालीगण्डकी नदीमा फेला पार्न सकिन्छ । यसैगरी श्री स्वास्थानी व्रत कथामा वर्णन गरेअनुसार जालन्धरको श्रापबाट विष्णु भगवान्ले ढुङ्गाको रूपमा शालिग्राम भएर रहनु भएको हो । यसबाहेक कालीगण्डकी नदीको उद्गमदेखि भारतसम्म दामोदर कुण्डदेखि मुक्तिनाथ, गलेश्वरधाम, बागलुङ कालीका, मोदीवेणी धाम, जैमिनीघाट, बेलबगर, रुद्रवेणी, देवघाटजस्ता विभिन्न ऋषिमुनिका पवित्र तपोभूमि रहेका छन् । विभिन्न हिन्दु धार्मिक धर्मग्रन्थअनुसार कालीगण्डकीमा स्नान मात्र गरे पनि कैयौँ पापबाट मुक्त भइनेछ । यो बौद्धधर्मावलम्बीका लागि कालीगण्डकी पवित्र स्थान हो, जसले यसलाई चुमीग ज्ञानात् भनेर चिनिन्छ, जसको तिब्बती अर्थ ‘सयौँ पानी’ हो । इसापूर्व दोस्रो शताब्दीमा लुम्बिनीदेखि लोमाङ हुँदै चीनसम्म बुद्ध दर्शनले प्रवेश पाएको तथ्य फेला परेका छन् । बुद्ध मत प्रचारका लागि पहिलो पटक चीन जाने दुई बौद्ध भिक्षु मुस्तङ्गी हुनुपर्छ । तिब्बतदेखि मुस्ताङ हुँदै लुम्बिनीसम्मको सजिलो बाटो कालीको किनारबाहेक अरू सम्भव थिएन ।
कालीगण्डकी जलाधार क्षेत्रले लगभग ११,७७० वर्ग किमी समेट्छ । यसको उचाइगत फरकपन १८८ मिटरदेखि ८१४७ मिटर छ । २३.४ प्रतिशत भूभाग खाली जमिन छ । करिब २३.६ प्रतिशत भूभाग कृषिजन्य छ । ५१.३ प्रतिशत भूभाग वन बुट्यान, ०.४ प्रतिशत भूभाग पानीले ढाकेको र १.३ प्रतिशत भूभाग हिउँले ढाकेको छ ।

आयोजनाको विवरण
आयोजनाअन्तर्गत सिद्धार्थ राजमार्गको रामदीको पुलभन्दा २.३ किमी तल्लो क्षेत्रमा बाँध बाढी २७ र ७ किमी लामो सुरुङ निर्माण गरिनेछ । यी सुरुङमार्फत कुल ८१ घनमिटर पानी बेल्बास र दोभान गाउँमा निकालीनेछ । आयोजनाको लक्ष्य अनुसार १२६ मेगावाट विद्युत् उत्पादन र करिब एक लाख सात हजार हेक्टर क्षेत्रमा सिँचाइ गरिनेछ । प्रारम्भिक अनुमानअनुसार आयोजनाको कुल बजेट १३८ अर्ब हुनेछ ।
ऐतिहासिक तथा सांस्कृतिक, धार्मिक महìवको कालीगण्डकीको पथान्तरण गर्दा यी सम्पदामा पर्ने असरको क्षतिपूर्ति सम्भव छैन । नदीको प्राकृतिक स्रोत मूलतः नदीसँगै बगेर आउने ढुङ्गा, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकी क्षत विक्षत बन्दैछ । यसले नदीको दिगोपन घटाई नदीजन्य विपद् बढाउँछ । कालीगण्डकीजस्तो जन्मेदेखि मरेपछिसम्मका सबै परम्पराको स्रोत र स्थलमा हुने अत्यधिक दोहन अस्वीकार्य हुनेछ । आयोजनाकोले दोहनको प्रवृत्ति अझै बढ्ने देखिन्छ । कालीगण्डकी किनारामा नदी र पानीको स्रोतमा प्रतक्ष्य आश्रित धेरै समुदाय प्रकारका छन् । नदीको जलाधार नै परिवर्तन गर्दा प्रतक्ष तथा अप्रतक्ष्य आश्रित जनसङ्ख्या प्रभावित हुनेछन् ।
जलाधार परिवर्तन गर्दा पारिस्थितिक प्रणाली, वनबुट्यान, हावापानी, भूगोल, भूबनोट, जनावर तथा समाजमा प्रभाव गर्छ । यो वैज्ञानिक पक्षलाई हृदङ्गम गर्दा वातावरणीय पक्षमा पर्नसक्ने प्रभावको मिहिन अध्ययन नगरी परियोजना अघि बढाउनु हुन्नथ्यो ।
प्रस्तावित क्षेत्रभन्दा उपल्लो तटीय क्षेत्रमा कालीगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजनाको अध्ययन हुँदैछ । कालीगण्डकी आफैँमा पनि जलविद्युत्का लागि उपयुक्त नदी हो । यस्तो अवस्थामा उक्त नदीको जलाधार परिवर्तन गर्ने आयोजनाको कुल लागत १३८ अर्बभन्दा बढी देखिएको छ । यो लगानी स्वतः बढ्ने देखिन्छ । यत्रो लगानी र प्रतिफलका अन्य विकल्प खोज्ने हो भने पनि त्यसको उपयुक्त लागतमा विकल्प हुन सक्छन् । यो सवाल पनि उतिकै महìवपूर्ण छ । जलाधार परिवर्तन भनेको स्थानीय कार्य मात्रै होइन यसका क्षेत्रीय तथा अन्य प्रभाव पनि हुन्छन् । योसँग जोडिएका जलवायु, हावापानी भूगभ, माटो, चट्टान इत्यादि तथा त्योसँगसँगै समाज पक्षमा जोडिएको विविध विषयलाई पनि यो र यस्ता ठूलो वातावरणीय प्रभाव पर्नसक्ने आयोजनाले मिहिन रूपमा हेर्न सक्नुपर्छ ।
विकासका लागि प्रकृति प्रदत्त स्रोतको समुचित उपयोग हुनुपर्छ । तथापि ती स्रोतहरूको उपयोग गर्दा त्यसका विविध पक्षलाई हेर्नु अनिवार्य हुन्छ । सबै पक्षलाई समुचित हेर्ने पद्धतिलाई वातावरणीय प्रभाव मूल्याङ्कन भन्ने गरिन्छ । यो आयोजना अधिक लागतको त छदैछ सगँसँगै उच्चतम वातावरणीय तथा सांस्कृतिक, धार्मिक, आर्थिक, सामाजिक प्रभाव पार्नेसक्ने आयोजना हो । यसले छोटो तत्काल तथा दूरगामी रूपमा स्थानीय, क्षेत्रीय र राष्ट्रियस्तरमा जटिल प्रभाव पार्नसक्ने भएकाले प्रभावको उचित मूल्याङ्कन गर्नुपर्छ । त्यस्ता प्रभावलाई के कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसको सम्बोधन हुनु जरुरी छ । तबमात्र आयोजना आगाडि बढाउने वा नबढाउने गरी निर्णय हुनुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय )रूपमा हँुदै गरेका र भइहेको प्रचलन पनि यही नै हो।  गोरखापत्र

(वातावरणविद्व पोखरेल कालीगण्डकी जलाधारबारे विद्यावारिधि गर्दैछन्)
(कालीगण्डकी जलाधार क्षेत्र : स्रोत, इसिमोड)

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal