विकासमा सामुहिक पहल आवश्कः नगर प्रमुख खाँण

वालिङ,१५ साउन– वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले विकासको लागि सामुहिक पहल अवश्यक भएको बताउनुभएको छ ।

सामुहिक पहल बिना विकास गर्न नसकिने नगरप्रमुख खाँणले बताउनुभयो । नगरपालिकाले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाहरुले गत आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरुको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै विकासका लागि जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक पहल आवश्यक रहेको उहाँले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा भएका गतिविधिहरुको तथ्यांकलाई तुलना गर्दै आगामी आर्थिक वर्षका योजनाहरु बनाउने र त्यसको कार्यान्वयनमा जोड दिंदै अगाडि बढ्नुपर्ने नगरप्रमुख खाँणको भनाइ थियो ।
“नगरका सबै वडा र विभिन्न शाखाहरुले गरेका असल अभ्यासहरुको अनुकरण गर्दै आ–आफ्नो क्षेत्रमा रचनात्मक तवरले लागे मात्रै उपलब्धी देखिन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “यस अगाडिका तथ्याङ्कहरुको तुलनात्मकरुपमा अध्ययन गरेपछि कहाँ छौं, कस्तो अवस्थामा छौं भन्ने जानकारी प्राप्त हुने र आगामी दिनमा लक्ष्य प्राप्तिका लागि नयाँ र रचनात्मक योजना बनाउँदै प्रगति हासिल गर्ने दिशामा अगाडि बढ्न सहयोग पुग्ने छ ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वडा गत तथा शाखागतरुपमा आएका असल अभ्यासहरुलाई निरन्तरता र कमि कमजोरीहरुलाई आगामी आर्थिक वर्षमा सुधार गर्दै लगिने बताउनुभयो ।
उहाँले समीक्षा गर्ने कार्यले अहिलेसम्मको अवस्थाकाबारेमा जानकारी भई अबका लागि योजना बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

आज(शुक्रबार) पहिलो दिन नगरपालिकाका १४ वटा वडाका वार्षिक प्रगतिकाबारेमा वडा सचिवहरुले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
आइतबार नगरपालिका अन्तर्गतका विभिन्न शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गर्ने र समीक्षा कार्यक्रमबाट प्राप्त उपलब्धीहरु अभिलेखकोरुपमा राख्नुकासाथै समग्रमा नगरपालिकाले प्रकाशन गर्ने प्रगति विवरणसम्बन्धी पुस्तिकामा समावेश गर्ने नगरपालिकाले जनाएको छ ।

ताजा

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal