म्याग्दीका क्याङ्गलो सार्कीको कथा: डोको बुनेरै बित्यो जवानी

फाइल तस्वीरः

 धु्रवसागर शर्मा

गलेश्वर,१४ साउन– श्याम वर्णको हसिलो अनुहार । चिम्सा आँखा चम्काउँदै, दाहिने हातले झुस्स परेका दाह्री मुसार्दै ‘चाहिने जो’ को थेगोबाट कुराकानीको शुरुआत गर्ने म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका ५५ वर्षीय क्याङ्गलो सार्कीको अहिलेसम्मको जिन्दगी डोको बुनेरै धानिएको छ ।

बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म चोयासँग खेल्दै उहाँको समय बित्छ । सार्कीले ३५ वर्षअघि २० वर्षको उमेरदेखि बाँस र निगालाको चोयासँग खेलेर डोको बुन्दै जवानीका रमाइला दिनहरु बिताइसक्नुभएको छ । आफूले बुनेका यिनै डोका बिक्री गरेर आएको पैसाले उहाँले छ जनाको परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।

उमेरले ५० औँ वसन्त पार गरिसक्नुभएका सार्कीले डोको बुनेर नै मासिक रु २० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । यही पैसाले आफ्ना छ÷छ जना परिवारको पालनपोषण, शिक्षा दिक्षा र औषद्योपचार गर्दै आउनुभएको उहाँको भनाइ छ ।

उमेरले बुढ्यौलीलाई छुन लागेको भए पनि डोको बुन्ने कार्यमा भने उहाँको जोश र जाँगर जवानी अवस्थाको जस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उहाँलाई पत्तै हुँदैन । “डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर, उमेरको हिसाब गर्दा ५५ पो काट्न लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उहाँले भन्नुभयो ।

सार्कीले ३५ वर्ष अघिदेखि शुरु गरेको यो पेशालाई अहिलेसम्म पनि उत्तिकै जोशजाँगर मेहनतका साथ निरन्तरता दिँदै आउनुभएको छ । उहाँको हातको सीप नै घरमै बसीबसी दिनहुँ आम्दानी गर्ने माध्यम बनेको छ । अति विपन्न परिवारमा जन्मिएका सार्कीको डोको नबुनेसम्म साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय नै थिएन । डोको बुनेर उहाँको परिवारको जीविका अहिले राम्रोसँग चलेको छ ।

पहिलेपहिले गाउँघरमा प्रयोग हुने डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गर्नुहुन्थ्यो भने अहिले गाउँघरमा यी सामान बुन्ने मान्छे कमै मात्रामा भएपछि ग्राहक उहाँकै घरमा दिनहुँ आउने गरेको पाइन्छ । सार्कीले डोको बुनेर नै छोराछोरीलाई पढाउनुभयो, बिहे गरिदिनुभयो ।

गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा सार्कीले पनि डोको उत्पादनलाई नै सबैभन्दा बढी प्राथमिकता दिने गर्नुभएको छ । खरिद गर्नेले पनि सबैभन्दा बढी डोको नै खोज्ने गरेको उहाँले बताउनुभयो ।

दिनमा आठदेखि १० वटासम्म डोको बुनेर मासिक रु २० हजार जति आम्दानी हुने गरेको उहाँको भनाइ छ । एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ । मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनुपर्दैन भन्ने गतिलो उदाहरण सार्कीले गरेको पेशा बनेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताउनुभयो ।

डोकोको माग अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको सार्कीले बताउनुभयो । “पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पु¥याउने ?”, उहाँले भन्नुभयो ।

सार्कीले बुनेको डोको बलियो र धेरै समयसम्म टिकाउने हुने र टाढाटाढाबाट पनि  डोको खरिदकै लागि ग्राहक आउने गरेको स्थानीयवासीले बताएका छन् ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal