वालिङमा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना

वालिङ,१२ साउन– सफा तथा स्वच्छ शहरकालागि वालिङ नगरपालिकाभित्रको फोहोरमैला ब्यवस्थापन परियोजना शुरु गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको सहजीकरणमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामार्फत हरित पुनःउत्थान प्रवद्र्धन परियोजना शुरु गरिएको हो ।

परियोजनाले विशेष गरी कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएकाहरुलाई ‘पोष्ट कोभिड’ कार्यक्रम अन्तर्गत सहजीकरण गर्ने, उद्यमशीलता, ब्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्रमार्फत नवउद्यमी एवं परियोजनाका लाभग्राहीहरुलाई दीगोरुपमा उद्यमशीलताका क्षेत्रमा टिकाई राख्नका लागि दीर्घकालीन योजना निर्माण गर्ने उद्देश्य रहेको सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो ।
ब्यवसायिक योजना निर्माण गर्ने, मेन्टर, रोस्टर सहजीकरण, संस्थागत ब्यवस्थापनमा समन्वय र सहयोग, आर्थिक वचत तथा लगानीको संरक्षण गरी आर्थिक बृद्धि गर्ने कार्यमा सहजीकरण परियोजनाले गर्ने अध्यक्ष गुरुङले बताउनुभयो ।

फोहोरमैला ब्यवस्थापन केन्द्रमा प्लाष्टिक पुनः प्रयोग गर्ने, प्लाष्टिकका दाना बनाउने मेसिनद्वारा कार्य आरम्भ गर्ने, बायोग्याँस प्लान्ट बनाउने, प्राङ्गारिक बिनहरु एक हजार ब्यक्तिलाई वितरण गर्ने, ग्रिनपार्क निर्माण गर्ने, सडकका छेउछाउ तथा बीच भागमा बृक्षारोपण गर्ने परियोजनाको उद्देश्य रहेको छ ।
उत्पादित बस्तुहरुको बजारीकरण गर्ने, हाटबजार सञ्चालन गर्ने, बीउ बिजन वितरण गर्ने, अर्गानिक खेती र यसको उत्पादन तथा बजारीकरणको काम गर्ने, वडा÷वडामा संकलन केन्द्र सञ्चालन गर्ने, कुहिने र नकुहिने फोहोरलाई सोही अनुरुप ब्यवस्थापनलाई थप प्रभावकारी बनाई आर्थिक उपार्जनका कार्य गर्नमा सहयोग गर्ने, माग र आवश्यकताका आधारमा तालीम, प्रशिक्षण तथा अनुगमन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

झण्डै १० महिना सञ्चालन हुने परियोजनाले फोहोरमैला आर्थिक उपार्जनको गतिलो स्रोत रहेको नागरिकलाई जानकारी गराउँदै यसको उचित ब्यवस्थापनमा जोड दिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“परियोजनामार्फत १२ सय ५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य रहेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “जसका लागि कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएका ब्यक्ति तथा उनका परिवार, जोखिममा रहेका समूह र विशेष गरी महिलाहरुलाई प्राथमिकतामा राखिएको छ ।”

२ सय ६० जनालाई गड्यौला मल बनाउने तालीम, २ सय ६० जनालाई गड्यौला मल बनाउने बिन वितरण र २ सय ६० जनालाई अर्गानिक फर्ममा तालीम प्रदान गर्ने परियोजनाको लक्ष्य छ ।
यस परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुको साथै फोहोरको ब्यवस्थापन स्रोतबाट नै शुरु हुनुपर्छ भन्ने अवधारणालाई प्रवद्र्धन गर्ने रहेको छ ।
घर, उद्योग, ब्यवसाय तथा संघ संस्थामा फोहोर वर्गीकरण गर्ने प्रणालीको विकास गर्ने उद्देश्यले फोहोरमैला ब्यवस्थापनमा अपनाईने प्रक्रियाहरु सङ्कलन, वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गर्ने रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

परियोजनाका लागि वालिङ नगरपालिकाको रु. तीन करोड १५ लाख ५६ हजार ६५, र युनडिपीको रु. एक करोड ६३ लाख ७४ हजार गरी कूल रु. चार करोड ९२ लाख १३ हजार १०७ लागत रहेको छ ।
पहिलो वर्षमा परियोजनामार्फत फोहोरमैला ब्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करीव एकहजार जनालाई लक्षित गर्दै सुरक्षित तथा ब्यवस्थित तरिकाले फोहोर सङ्कलन, वर्गीकरण, पुनःप्रयोग र विसर्जन गर्ने सीप सिकाई रोजगारीको अवसर प्रदान गर्ने दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।
परियोजनाले ब्यवस्थित फोहोर सङ्कलन तथा फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने दियालो संस्थाका अध्यक्ष तिवारीले बताउनुभयो ।

ताजा

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal