मृगौला पीडित थापालाई ९ लाख सहयोग रकम हस्तान्तरण
हरि अधिकारी
गल्याङ,२७ असार– गल्याङ नगरपालिका ७ पटकाङ्का २५ बर्षिय मृगौला पीडित होमबहादुर थापालाई आज सहयोग रकम हस्तान्तरण गरिएको छ । होमबहादुर थापा बचाउ अभियानमार्फत संकलन संकलन गरिएको ९ लाख ११ हजार १ सय २८ रुपैयाको चेक गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले थापाको परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
सामाजिक संजाल मार्फत थापाको उपचारमा सहयोग पर्याउने उद्देश्यले असार १ गते देखि सहयोग रकम संकलन अभियान सञ्चालन गरिएको थियो । विश्वभर छरिएर रहेका नेपालीले अभियानमा सहयोग पुर्याएकाछनन् । संकलित सहयोग रकम मध्ये दक्षीण कोरियाबाट रमेश अधिकारी लगायतको नेतृत्वमा ३ लाख ६२ हजार ३ सय ७५ र अन्य मुलुकबाट संयोजक शिव अधिकारी लगायतको पहलमा कुल ५ लाख ४८ हजार ७ सय ५३ रुपैयाँ संकलन गरिएको थियो ।
होमबहादुर थापा बचाउ अभियानका संयोजक शिव अधिकारीले रु २० हजार सहयोग दिएर सुरु गरिएको अभियान छोटो समयमै ९ लाख भन्दा माथी उठेको थियो ।
रकम हस्तान्तरण गर्दै नगरप्रमुख भुपराज अधिकारीले यो एउटा उदाहरणीय काम भएको र सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद समेत दिनुभयो । मृगौला पीडित होमबहादुर थापालाई थप उपचारको लागि पहल गर्ने बताउनुभयो ।
रकम संकलन अभियान कर्ता शिव अधिकारी र हरि अधिकारी उठेको रकम सहि तरिकाले बिरामीको उपचारमा सदुपयोग हुने कुरामा विश्वस्थ तुल्याउदै सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















