सूर्योदय क्लब र रुम टु रीडद्वारा दुई पालिकालाई खाद्यान्न सहयोग
स्याङ्जा,१२ असार– रुम टु रिड, पढ्नका लागि कोठाको आर्थिक सहयोग र सूर्योदय क्लबको आयोजनामा भीरकोट नगरपालिका र कालीगण्डकी गाँउपालिकाको सहकार्यमा दुई पालिकाका ६९ घरपरिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको छ ।
कोरोनाको महामारीले सृजित अभावका कारण खाद्य संकटमा रहेका परिवारका लागि सहयोग गरिएको क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनु भयो । प्रति घर परिवारका लागि २५ किलो चामल, ५ किलो दाल, नुन, चिनी, तोरीको तेल, साबुन, चिउरा, मास्क सहयोग गरिएको क्लबले जनाएको छ । खाद्य संकट भएका परिवारका लागि यो सहयोगको कार्यक्रमले सहयोग पुग्ने बताउदै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले सहकार्य गर्न भीरकोट नगरपालिका तयार रहेको बताउनु भयो ।
शैक्षिक क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको रुम टु रीड र सूर्योदय क्लबले कोरोना महामारीको अवस्थामा राहात सहयोगको लिएर गाउँपालिका सम्म आएकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्य गरेर अगाडी बढ्ने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । करिव २ लाख १५ हजार बराबरको खाद्यान्नका साथै स्वास्थ्य सामग्री सहयोग गरिएको सूर्योदय क्लबले जनाएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार


























