गाउँ फर्किएका युवा व्यावसायिक कृषितर्फ आकर्षित

विवेक राई
भोजपुर,११ असार–  पछिल्लो समय भोजपुरका युवाको व्यवसायिक कृषि खेतितर्फ आकर्षण बढ्दै गएको छ । कोरोना माहामारीका कारण वैदेशिक रोजगारीमा काम गुमाएका तथा बाहिरी जिल्लाहरुमा काम गरीरहेका युवाको कृषिमा आकर्षण बढ्दै गएको हो । संक्रमण रोकथामका लागि सरकारले जारीगरेको निषेधाज्ञाका कारण आफ्नो रोजगार गुमाएर घर फर्केका अधिकांश युवा व्यवसायिक कृषि खेतीमा लागेका हुन् । समय अनुकुल उत्पादन हुने अदुवा, खुर्सानी, गोलभेडा लगायतका तरकारी खेतिमा लागि रहेका छन् ।
वााहिरी जिल्लामा विभिन्न क्षेत्रमा काम गरिरहेकाहरु घर फर्केर गाउँमा व्यावसायिक ढङ्गबाट कृषिमा लागिरहेको भोजपुर नगरपालिका पोखरेका अगुवा कृषक नवीन प्रधानले वताउनुभयो । उहाँले भन्नुभयो “महामारीका रुपमा फैलिरहेको यो कोरोनाले धेरैको रोजगारी गुमेको छ । जसका कारण गाउँका युवा यतिवेला गाउमै फर्केकाछन् तीमध्ये व्यावसायिक कृषिमा जोडिन चाहाने युवालाई स्थानीय सरकारहरुले पनि हौसला प्रदान गर्नुपर्छ ।”
पछिल्लो समय युवामा कृष क्षेत्रमा लागिरहँदा गाँउघरमा बाँझिएका खेतवारी उव्जाउ भूमिममा परिणत भैरहेको छ । जिल्लाको पश्चिमी टेम्केमैयूम गाउपालिका ३ अन्नपूर्णका मणिराज निरौला वैदेशिक रोजागरीबाट स्वदेश फर्किएर व्यावसायिक च्याउ खेतीमा लागेकाछन् । परिवारको घरखर्च र परिवारलाई मिठो मसिनो खाने र केही पैसा कमाएर केही गर्ने सोच बनाएर मलेसियामा चार वर्ष विताएका निरौलालाई वैदेशिक कमाइबाट सन्तुष्टि भएन । त्यस लगत्तै कोरोना सक्रमणको वारेमा उनले समाचार हेरेपछि नेपालमै केही गर्ने सोचले स्वदेश फर्केको बताउनुभयो । उहाँले भन्नुभयो “सिङ्गो परीवारको सपना साकार गर्न वैदेशिक रोजगारीमा गए सोचे जस्तो भएन । त्यसमाथि कोरोनाको महामारी स्वास्थ्यमा चुनौती त्यसपछि त्यहाँ गर्ने मिहिनेतले नेपालमै केही गर्छु भन्ने सोचले नेपाल आए अहिले च्याउखेती गरीरहेको छु । विदेशको चालीस हजारको कमाइभन्दा आज स्वदेशमै परिवारसँगै बसेर मासिक ८० हजार देखि ९० हजारसम्म कमाइरहेको छु ।”
पछिल्लो समय राज्यको पुनः संरचनाका कारण निर्माण भएका नगरपालिका तथा गाउँपालिकासन्गै सडक सञ्जालले तराईसँग जोडेपछि उत्पादित कृषि उपजको बजारीकरणमा  सहजता आएपछि कृषिक्षेत्रमा आकर्षण बढेको हो । टेम्केमैयुम गाउँपालिकाका जोहन राई पनि व्यावसायिक खुर्सानी खेतीमा लाग्नुभएको छ । छिमेकी  जिल्ला सुनसरीमा पेन्टरको काम गर्दै गरेका राईले करिब दश रोपनी क्षेत्रफलमा खुर्सानी खेती विस्तार गर्नुभएको थियो । कोरोनाले व्यवसाय चिनायो खास केहीले नरोक्ने नछेक्ने व्यवसाय भनेकै कृषि रहेछ राईले भन्नुभयो । उहाँले भन्नुभयो “हुँदा र सक्दा सरकारी जागिर नहुँदाको व्यवसाय भनेको कृषि रहेछ । लकडाउनले पनि नछेक्ने अब हामी जस्ता युवाले कृषिमा उदाहरणीय बनेर देखाउनुपर्छ जसका कारण हामी जस्ता युवा पनि व्यावसायिक बन्न सकिन्छ ”
त्यस्तै वैदेशिक रोजगारीमा आधा जीवन बिताउनुभएका भीमकुमार राई पनि गाउँ फर्केर व्यावसायिक कृषिमा लाग्ने तयारीमा हुनुहन्छ ३२ वर्ष खाडीका विभिन्न देशमा बिताएका राई अहिले गाउँमै कृषिक्षेत्रमा केही गर्ने लक्ष्यका साथ नेपाल आएको वताउनुभयो । । राईले भन्नुभयो । अबको बाँकी समय भनेको मेरो कृषिक्षेत्र नै हो । म बाख्रा पाल्ने तयारीमा छु स्वदेशमै केही गर्ने इच्छा छ । त्यो सम्भावना पनि प्रशस्त छन् सरकारले कृषिक्षेत्रको बीमालाई प्रभाकारी ढङ्गले अगाडि बढाउनु पर्छ र सुलभमा ऋण दिने व्यवस्था गरिनुपर्छ अनि अझ कृषिबाट स्वरोजगार वन्न सकिन्छ । कृषिमा सम्भावना हुँदाहुँदै पनि रोगको प्रकोप, बालीनालीमा देखिने सम्भावित समस्याले कृषकहरु मारमा रहेको कृषक कृष्णकुमारी प्रधानले वताउनुभयो ।
उत्पादित कृषि उपजको बजारीकरण, उचित मुल्य सगै सीपमूलक तालिम तथा उत्साहित व्यावसायिक कृषकहरुलाई अनुदान नमिल्दा युवा हतोत्साहित हुने गरेका छन् । नेपाली युवाशक्तिलाई स्वदेशमै रोजगार बनाउन सरकारी स्तरबाट ठोस नीति तथा कार्याक्रम बनाउनुपर्ने अगुवा कृषक विष्णुप्रसाद अधिकारीले बताउनुभयो ।स्रोतः गोरखापत्र

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal