वडा कार्यालयद्वारा विद्यार्थीलाई निशुल्क इन्टरनेट जडान गरिदिने
स्याङ्जा,८ असार– वालिङ नगरपालिका १३ नम्बर वडा कार्यालयले विद्यार्थीलाई निशुल्क इन्टरनेट जडान गरिदिनेभएको छ । कोरोना भाइरस (कोभिड १९) को दोस्रो चरणको संक्रमण बढ्दै जादा तत्कालै विद्यालयमा विद्यार्थी भौतिकरुपमा उपस्थित भएर पठनपाठन गर्ने वातावरण नभएकोले अनलाइन कक्षा सञ्चालनका लागि वडा कार्यालयले इन्टरनेट प्रदायक संस्थाहरु संग समन्वय गरेर वडा भीत्र रहेका ५ सामुदायीक विद्यालय २ संस्थागत र १ बहुप्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि वडा कार्यालयको पहलमा सबै विद्यार्थीको घरमा जडान शुल्क नलिने गरि निशुल्क रुपमा इन्टरनेट जडान गर्ने निर्णय गरिएको वडा अध्यक्ष आनन्द पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार वडा भीत्र करिब १३ सय विद्यार्थीहरु रहको र जसमध्ये १ हजार विद्यार्थीहरु वडा भीत्रैका विद्यालयमा पठनपाठन गर्दै आएका र करिब ३ सय विद्यार्थी पढाईको लागि राजधानी लगायतका ठाउँमा गएपनि लकडाउनका कारण घरमा आएकोले सबै विद्यार्थीहरुको पढाईलाई मध्यनजर गरेर वडाको पहलमा निशुल्क नेट जडान गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।
कोरोना संक्रमण कहिले सम्म लम्बीने भन्ने निश्चित नभएकोले विद्यार्थीको पढाइमा बाधा नपुगोस भनेर वडा शिक्षा समितिको बैठक बसेर अनलाइनका माध्यामबाट वडा भीत्र पढाइ सुचारु गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ । प्रत्येक विद्यार्थीको घरमा नेटको जडान शुल्क नलागेपनि मासिक शुल्क भने अभिभावकले तिर्नुपर्नेछ । अर्थिक अवस्था कम्जोर भएका विद्यार्थीको हकमा भने मासिक शुल्क पनि वडा कार्यालयले तिरिदिने वडा अध्यक्ष पाठकले बताउनुभयो । लामो समय सम्म विद्यालय नखुल्ने र विद्यार्थी त्यतीकै बस्दा समस्या हुनेभएकोले विद्यार्थी र शिक्षकहरुलाई सहजहोस भनेर यस्तो निणर्य गरिएको अध्यक्ष पाठकले बताउनुभयो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार






















