व्यावसायीक कृषि कर्ममा लाग्न पूर्व मन्त्री अर्यालको आग्रह

फाइल तस्विर

स्याङ्जा,७ असार– पूर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य पद्मा कुमारी अर्यालले कृषकहरुलाई व्यावसायीक कृषि कर्ममा लाग्न आग्रह गर्नुभएको छ । नेपाल सरकारको ‘समृद्ध नेपाल सुखि’ नेपाली भन्ने नारालाई सार्थक बनाउने एउटा मुख्य आधार नै कृषि भएकोले अब सम्पूर्ण किसानहरु निर्भाहा मुखि कृषि प्रणालीलाई छाडेर व्यावसायीक रुपमा लाग्नुपर्ने बताउनुभयो ।

सोमबार बयेरघारीमा ग्रामीण कृषि सहकारी संस्था द्वारा आयोजित सामुहिक तरकारी खेती सम्बन्धी तालिमको उद्घाटन गर्दै पूर्व मन्त्री अर्यालले जमीनलाई चक्लाबन्दी गरेर ठुलो संख्यामा कृषि उत्पादनमा लागेमा बेरोजगारीको समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानले ठुलो मात्रामा उत्पादन गरेको अवस्थामा बजारको समस्या हुदैन । व्यापारीहरु नै उत्पादन भएको स्थानमा आफै आउछन्, अब हाम्रो ध्यान व्यापारीहरुलाई हाम्रो उत्पादनले तान्ने तिर लाग्नुपर्छ ।’ प्राविधिक ज्ञन र सीपका बारेमा किसानहरुलाई जानकारी दिने उद्देश्यले सरकारले कृषि सम्बन्धी बिभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएकोले किसानहरु पनि आफ्नो क्षताको अभिबृद्धि गर्दै आधुनीक किसिमका औजारहरुको प्रयोग गरेर आधुनीक कृषि प्रणालीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लालाई व्यावसायीक कृषिका माध्यामबाट आत्मनिभर बनाउने योजना अनुसार सुन्तला खेतीका साथै कागती जोनका रुपमा घोषणा गरेर नेपाल सरकारले काम अगाडी बढाएको बताउनुभयो । पूर्व मन्त्री अर्यालले आफु मन्त्रालयमा रहदा जिल्लाको विकासको लागि धेरै योजनाहरुको सुरुवात गरेको समेत बताउनुभयो ।

ग्रामीण कृषि सहकारी संस्था भीरकोट नगरपालिका २ को आयोजना र भूमीव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित सो तालिममा समुहमा आवद्ध २५ जना कृषकको सहभागिता रहेको सहकारी संस्थाकी प्रवन्धक सरस्वती अधिकारीले जानकारी दिनुभयो । संस्थामा अवद्ध किसानहरुले व्यावसायीक रुपमा तरकारी खेतीका साथै केराखेती समेत गर्दै आएको प्रवन्धक अधिकारीले जानकारी दिनुभयो ।
यसै गरी जिल्ला सदरमुकाममा जयजनता बहुउद्देश्यि सहकारी संस्थाको आयोजनामा व्यावसायीक ३ दिने तरकारी खेती सम्बन्धी तालिम सुरुभएको छ । जिल्ला सहकारी संघ स्याङ्जाको पहलमा भूमीव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा सहकारी मार्फत उद्धमशिल्ता विकास कार्यक्रम अन्तरगत कालीगण्डकी गाउँपालिका मार्फत सञ्चालन गरिएको जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपती पौडेलले जानकारी दिनुभयो ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal