खोला बढेपछि गाउँपालिकाले दिएको ट्याक्टरमा यात्रा
अमृतप्रसाद पौडेल
बेनी,५ असार– हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष भारी वर्षाले गर्दा खोलामा पानीको बहाब बढेपछि गाउँपालिकाले ट्याक्टरको व्यवस्था गरेको छ । जिल्ला सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाले पैदलयात्रीका लागि ट्याक्टरको व्यवस्था गरेको छ ।
गाउँपालिकाकाले सर्वसाधारणका लागि सूचना प्रकाशन गरेरै दुई वटा ट्याक्टर व्यवस्था गरेको छ । घरपझोङ गाउँपालिकाको मार्फा खोलाको बाढीका कारणले साना गाडी र पैदल यात्रीलाई समस्या परेकोले यात्रुको सुविधाका लागि ट्याक्टर व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताउनुभयो । आचार्यका अनुसार अहिले पहिलो पटक बिहीबारदेखि लागु हुने गरी चार दिनका लागि व्यवस्था गरिएको र आवश्यकता अनुसार थप व्यवस्था गरिनेछ ।स्रोतः गोरखापत्र
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























