स्याङ्जामा सक्रिय संक्रमितको संख्या घट्दो
कला राना
स्याङ्जा,४ असार– स्याङ्जामा कोरोना भाईरस सक्रिय संक्रमितको संख्या घटेको छ । शुक्रबार ४ सय २८ जना निको हुँदा जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ९७ मा झरेको हो । बिहीबार सक्रिय संक्रमितको संख्या ८ सय ०९ जना रहेको थियो । शुक्रबार ४ सय २८ जना निको हुँदा सक्रिय संक्रमित घटेका हुन् ।
सक्रिय संक्रमितहरु मध्ये ३ सय ६५ जना होम आइसोलेसनमा छन् भने आइसोलेसन सेन्टरमा २३ जना र ९ जना विभिन्न स्वास्थ्य संस्थामा सामान्य अवस्थामा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।
जिल्लामा कोरोनाको दोस्रो लहरबाट ३ हजार ३२ जना संक्रमित भएका छन् । कुल संक्रमित मध्ये २ हजार ५४१ जना निको भएका छन् भने ९४ जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच शुक्रबार जिल्लामा १७ जनामा संक्रमण पुष्टी भएको छ । ३ जनाको पिसिआर परीक्षण गर्दा १ जना र ६२ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी १७ जनामा संक्रमण पुष्टी भएको हो । जिल्लामा २१ हजार २ सय ९९ जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् भने ४ हजार १ सय ९६ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















