स्वास्थ्य सामग्री हस्तान्तरण

वालिङ,२८ जेठ– कोभिड १९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आनन्द फाउण्डेशन नेपालको संयोजनमा ताईवान एलजेएम बुद्धिष्ट सोसाईटीको सहयोगमा नगरपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामग्रीहरु गरी दश लाख रुपैयाँ बढीको सहयोग प्राप्त भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

नगर प्रमुख खाँणले भन्नुभयो, “महामारी नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईदिएर यहाँका नागरिकलाई उपचारमा सहजता भएको छ ।” पहिलो चरणको कोभिड १९ को महामारीका बेलामा पनि नगरपालिकालाई आर्थिक तथा खाद्यान्न सहयोग भएको थियो भने नयाँ भेरियन्टसहितको कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पनि संघसंस्था तथा ब्यक्तिहरुबाट ठूलो सहयोग प्राप्त भएको नगर प्रमुख खाँणले बताउनुभयो ।

आनन्द फाउण्डेशन नेपालको संयोजनमा ताईवान एलजेएम बुद्धिष्ट सोसाईटीले उपलब्ध गराएको पाँच थान नाईन एम अक्सिजन कन्सन्ट्रेटरसहित अन्य अत्यावश्यकीय स्वास्थ्य सामग्रीहरु समाजसेवी डा. पवमान सुवेदी मार्फत नगरपालिकालाई सहयोग गरेको हो ।

यसै गरी राइट फर चिल्डे«नले गल्याङ नगरपालिकालाई साढे ७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोखरामा रहेको यो संस्थाले कोभिड संकट व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

गल्याङ नगर अस्पतालमा संस्थाका कार्यक्रम अधिकृत तथा गल्याङ २ चिर्तुङ्ग निवासी विनोद न्यौपानेले नगरप्रमुख भुपराज अधिकारीलाई ४ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । संस्थाले नगर अस्पताल संगै मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत साढे तीन लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
नगर अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन, अक्सिजन फ्लोमिटर, पञ्जा, मास्क, थर्मोमिटर, थर्मल गन सहितका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
सामग्रीहरु ग्रहण गर्दै नगरपालिका प्रमुख भुपराज अधिकारीले संस्थाबाट भएको सहयोगले गल्याङ नगरवासीको स्वास्थ्य उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
उहाँले अस्पतालमा अहिले विपन्न परिवारका लागि निशुल्क उपचारको व्यवस्था भैरहेको भन्दै कोही पनि नागरिकलाई उपचार नपाउने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘विपन्न परिवार विरामी भएमा घरमै गएर अस्पताल सम्म ल्याइ निशुल्क उपचार गर्ने निर्णय कार्यपालिकाबाट नै भएको छ ।’ उहाँले नगरवासी कही विरामी अवस्थामा रहे खबर गरेर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

गल्याङ २ चिर्तुङ्ग निवासी विनोद न्यौपानेले महामारीको बेला आफ्नो सानो सहयोगले पनि केही राहत मिल्ने आशा सहित संस्थाले सहयोग गरेको जानकारी दिनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal