दुई वर्षमा दूध उत्पादनमा आत्मनिर्भर बन्छौ ः मन्त्री अर्याल


काठमाडौं,१८ जेठ– कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्रमा मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताउनुभएको छ । विश्व दूध दिवशको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
हाम्रो प्राणको सुरुवात दूधबाट भएको भन्दै उहाँले अबको दुई वर्ष भित्र दूधमा आत्मनिर्भर बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको दुई वर्षभित्रमा हामी दूधमा आत्मनिर्भर बन्छौं । प्रति व्यक्ति ११ लिटर दूध अपुग रहेको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गछौं ।’
मन्त्री अर्यालले दुग्ध डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको समेत बताउनुभयो । दुग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उहाँले दूध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘दूग्ध क्षेत्रमा भएका समस्या समाधानतर्फ हामी लागिरहेका छौ । ती समस्या समाधान भएनन भने दूध दिवस मनाएको कुनै औचित्य हुनेछैन ।’

मानव जीवनमा दुधको ठूलो महत्व रहेको भन्दै मन्त्री अर्यालले दुग्ध क्षेत्रको समवद्र्धनमा सबैको संकल्प जरुरी रहेको समेत बताउनुभयो । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उहाँले यस विषयमा मन्त्रीपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताउनुभयो । मन्त्री अर्यालले सरकारले दुग्ध नीति अगाडी बढाएको भन्दै अहिलेको हसहज परिस्थतीलाई विषेश अवस्थाको रुपमा बुझेर धैर्यता गर्न समेत किसानहरुलाई आग्रह गर्नुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal