पाल्पाका १० पालिकालाई ३ अर्ब ८१ करोड ७५ लाख बजेट विनियोजन


सिर्जना घिमिरे
रामपुर,१८ जेठ– पाल्पाको १० स्थानिय तहलाई सरकारले ३ अर्ब ८१ करोड ७५ लाख रुपैया बजेट विनियोजन गरेको छ । जसमध्ये सामानिकरण अनुदान १ अर्व ८ करोड २४ लाख,सशर्त अनुदान २ अर्ब ५८ करोड २६ लाख, विशेष अनुदान ८ करोड ३२ लाख रुपैया र समपुरक अनुदान ६ करोड ९३ लाख रहेको अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनीक कार्यक्रममा घोषणा गर्नुभएको हो ।
प्रस्तुत बजेट अनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका मध्ये सबैभन्दा धेरै तानसेन नगरपालिकाको लागि समानिकरण अनुदान १६ करोड ७२ लाख सर्शत अनुदान ४० करोड ८५ लाख विशेष अनुदान २ करोड २४ लाख, समपुरक १ करोड २४ लाख गरि रु. ६१ करोड ५ लाख रहेको छ ।
रामपुर नगरपालिकाको लागि समानिकरण अन्तर्गत १२ करोड ६० लाख, सशर्त अनुदानमा ३१ करोड २८ लाख, विशेष अनुदान रु. १ करोड २५ लाख गरि ४५ करोड १३ लाख विनियोजन गरिएको छ । तिनाउ गाउँपालिका छुट्टयाइएको ३१ करोड १७ लाख मध्ये समानिकरणमा ९ करोड १५ लाख, सशर्त अनुदानमा १९ करोड ९४ लाख, विशेष अनुदानमा १ करोड ६६ लाख र समपुरकमा ४२ लाख अनुदान रहेको छ ।
पाल्पाको निस्दी गाउँपालिकाको लागि विनियोजित ३५ करोड २ लाख बजेट मध्ये ९ करोड ९७ लाख रुपैंया समानिकरण २४ करोड ७८ लाख सशर्त र २७ लाख समपुरक अनुदान रहेको छ ।
पूर्वखोलामा समानिकरण ९ करोड २६ लाख, सशर्त २० करोड ५१ लख विशेष अनुदान १७ लाख गरि २९ करोड ९४ लाख बजेट अर्थमन्त्री पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
बगनासकाली गाउँपालिकामा ३२ करोड २२ लाख मध्ये समानीकरण १० करोड ९ लाख, सशर्त अनुदान २१ करोड ७१ लाख र समपुरक अनुदान ४२ लाख, माथागढी गाउँपालिकामा ३९ करोड ३ लाख मध्ये समानीकरण अनुदान १० करोड ६९ लाख, सशर्त अनुदान २५ करोड १० लाख, विशेष अनुदान १ करोड १६ लाख र २ करोड ८ लाख समपुरक अनुदान विनियोजन गरिएको छ ।
त्यस्तै रम्भामा समानीकरण अनुदान ९ करोड ७० लाख, सशर्त अनुदान २० करोड ९१ लाख र समपुरक अनुदान ४२ लाख गरि ३१ करोड ३ लाख, रिब्दीकोटमा समानीकरणमा ९ करोड १० लाख, सशर्तमा २३ करोड २३ लाख, विशेष अनुदानमा ५८ लाख र समपुरकमा ४२ लाख गरी ३३ करोड ३३ लाख बजेट पाएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिको लागि समानीकरण १० करोड ९६ लाख, सशर्त अनुदान २९ करोड ९५ लाख, विशेष अनुदान १ करोड २६ लाख, समपुरक अनुदान १ करोड ६६ लाख गरि रु. ४३ करोड ८३ लाख पाएको छ । यो बजेट चालु तथा पुँजीगत खर्चतर्फ विनियोजित गरिएको हो ।
पाल्पामा यस वर्ष पर्यटकिय पूर्वाधार विकासका बजेट विनियोजन गरिएको छ । जसमध्ये धार्मिक, ऐतिहासिक क्षेत्रको संरक्षण गर्दै कालीगण्डकी नदीमा जलमार्ग निर्माणको कामलाई बजेटमा समेटिएको छ ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal