पाल्पाका १० पालिकालाई ३ अर्ब ८१ करोड ७५ लाख बजेट विनियोजन
सिर्जना घिमिरे
रामपुर,१८ जेठ– पाल्पाको १० स्थानिय तहलाई सरकारले ३ अर्ब ८१ करोड ७५ लाख रुपैया बजेट विनियोजन गरेको छ । जसमध्ये सामानिकरण अनुदान १ अर्व ८ करोड २४ लाख,सशर्त अनुदान २ अर्ब ५८ करोड २६ लाख, विशेष अनुदान ८ करोड ३२ लाख रुपैया र समपुरक अनुदान ६ करोड ९३ लाख रहेको अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनीक कार्यक्रममा घोषणा गर्नुभएको हो ।
प्रस्तुत बजेट अनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका मध्ये सबैभन्दा धेरै तानसेन नगरपालिकाको लागि समानिकरण अनुदान १६ करोड ७२ लाख सर्शत अनुदान ४० करोड ८५ लाख विशेष अनुदान २ करोड २४ लाख, समपुरक १ करोड २४ लाख गरि रु. ६१ करोड ५ लाख रहेको छ ।
रामपुर नगरपालिकाको लागि समानिकरण अन्तर्गत १२ करोड ६० लाख, सशर्त अनुदानमा ३१ करोड २८ लाख, विशेष अनुदान रु. १ करोड २५ लाख गरि ४५ करोड १३ लाख विनियोजन गरिएको छ । तिनाउ गाउँपालिका छुट्टयाइएको ३१ करोड १७ लाख मध्ये समानिकरणमा ९ करोड १५ लाख, सशर्त अनुदानमा १९ करोड ९४ लाख, विशेष अनुदानमा १ करोड ६६ लाख र समपुरकमा ४२ लाख अनुदान रहेको छ ।
पाल्पाको निस्दी गाउँपालिकाको लागि विनियोजित ३५ करोड २ लाख बजेट मध्ये ९ करोड ९७ लाख रुपैंया समानिकरण २४ करोड ७८ लाख सशर्त र २७ लाख समपुरक अनुदान रहेको छ ।
पूर्वखोलामा समानिकरण ९ करोड २६ लाख, सशर्त २० करोड ५१ लख विशेष अनुदान १७ लाख गरि २९ करोड ९४ लाख बजेट अर्थमन्त्री पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
बगनासकाली गाउँपालिकामा ३२ करोड २२ लाख मध्ये समानीकरण १० करोड ९ लाख, सशर्त अनुदान २१ करोड ७१ लाख र समपुरक अनुदान ४२ लाख, माथागढी गाउँपालिकामा ३९ करोड ३ लाख मध्ये समानीकरण अनुदान १० करोड ६९ लाख, सशर्त अनुदान २५ करोड १० लाख, विशेष अनुदान १ करोड १६ लाख र २ करोड ८ लाख समपुरक अनुदान विनियोजन गरिएको छ ।
त्यस्तै रम्भामा समानीकरण अनुदान ९ करोड ७० लाख, सशर्त अनुदान २० करोड ९१ लाख र समपुरक अनुदान ४२ लाख गरि ३१ करोड ३ लाख, रिब्दीकोटमा समानीकरणमा ९ करोड १० लाख, सशर्तमा २३ करोड २३ लाख, विशेष अनुदानमा ५८ लाख र समपुरकमा ४२ लाख गरी ३३ करोड ३३ लाख बजेट पाएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिको लागि समानीकरण १० करोड ९६ लाख, सशर्त अनुदान २९ करोड ९५ लाख, विशेष अनुदान १ करोड २६ लाख, समपुरक अनुदान १ करोड ६६ लाख गरि रु. ४३ करोड ८३ लाख पाएको छ । यो बजेट चालु तथा पुँजीगत खर्चतर्फ विनियोजित गरिएको हो ।
पाल्पामा यस वर्ष पर्यटकिय पूर्वाधार विकासका बजेट विनियोजन गरिएको छ । जसमध्ये धार्मिक, ऐतिहासिक क्षेत्रको संरक्षण गर्दै कालीगण्डकी नदीमा जलमार्ग निर्माणको कामलाई बजेटमा समेटिएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















