निषेधाज्ञाको समयमा सरकारी गाडी लिएर डेटिङको लागि स्वयम्भु पुगे एक जोडी

 

काठमाडौँ,१८ जेठ– कोरोना भइरस संक्रमणको महामारी बढेसँगै राजधानीलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ ।
यही निषेधाज्ञाको समयमा आइतबार काठमाडौंको स्वयम्भु डाँडामा अचम्मको दृश्य देखियो । सरकारी गाडी लिएर एक जोडी ‘डेटिङमा लिप्त’ भेटिएका हुन् ।

आइतबार बिहान करिब ११ बजेको समयमा प्रदेश नं। ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी स्वयम्भु पुगे । सरकारी नम्बर प्लेट भएकाले उनीहरुलाई नत प्रहरीले वास्ता गर्यो, नत अरु कसैले । उनीहरु स्वयम्भुमा पुगेर ‘असाधरण’ गतिविधि देखाउन थाले । सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।

स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मोजमस्तीमा लिप्त देखेपछि उनले तस्बिर तथा भिडियो कैद गरेका थिए ।
जोडीको उक्त हर्कतपछि पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।

बिहान ११ बजे स्वयम्भु पुगेको उक्त जोडी पत्रकार भण्डारीले प्रश्न गर्नथालेपछी १२स्४५ बजे त्यहाँबाट निस्किएका थिए ।
यस विषयमा गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले घटनाबारे सत्यतथ्य बुझेर जो कोही भएपनि कारबाही हुने बताउनुभएको छ । स्रोत खबरहब

तस्वीर( छायाचन्द्र भण्डारीको फेसबुकबाट

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal