सामाजिक जागरणमा दिमिकका युवा
दर्वेन्द्र देव खनाल
गल्याङ,१८ जेठ– स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका ११ दिमिकमा रहेका युवाहरु गाउँमा जागरण ल्याउन एकजुट भएर लागेकाछन् । उनीहरुलाई यो अवसर जुटाइदिएको हो दिमिक युवा क्लबले । क्लबमा अवद्ध युवाहरुले कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर बढिरहेका बेला गाउँमा बिभिन्न किसिमका जनचेतना मूलक कार्यक्रमहरु गर्दै आएकाछन् ।
संक्रमणबाट जोगिन स्थानीय बासिन्दालाई सहयोग पुर्याउने उद्देश्यले क्लबले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
नगरको विभिन्न वडामा कोरोना संक्रमणबाट संक्रमित बिरामीको मृत्यु हुने क्रम बढेसंगै कोरोना भाइरसका लक्षण, यसका रोकथामका उपाय र विभिन्न घरेलुु औषधीको सेवनका बारेमा घरघरमा पुगेर बिभिन्न किसिमका परार्मशहरु दिदै आएकोे क्लबका अध्यक्ष ढाकाराम भट्टराईले बताउनुु भयो ।
कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको समयमा आफ्नै लगानीमा मास्क, सेनिटाइजर लगायतका विभिन्न स्वास्थ्य सामाग्रीहरु खरिद गरी गाउँका करिब १ सय ५० घर धुरीमा पुुगी स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
२०७६ सालमा स्थापना गरिएको क्लबले बिभिन्न किसिमका रचनात्मक कामहरु गर्दै आएको छ । ठाउँको समग्र क्षेत्रको सकारात्मक विकासको हेतुुले स्थापना गरेको दिमिक युवा क्लबले आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्दै महामारीको अवस्थामा एक अभिभावक बनेर गाउँमा सक्रिय रहेको छ । स्थापनासंगै विभिन्न रचनात्मक कृयाकलापहरु गर्दै आएको क्लबले विभिन्न ठाउँमा सडक होडिङबोर्ड निर्माण,सडक बत्ती व्यवस्थापन, गाउँटोल सरसफाई लगायतका कार्यहरु गर्दै आएको छ । गत वर्षको कोरोना भाइरसको महामारीका कारण विद्यालय बन्द भएर विद्यालय जान नपाएका बालबालिकाहरुलाई विभिन्न टोलमा सिमित संख्यामा समूह बनाई श्रोतव्यक्तिहरुलाई परिचालन गरी टोल शिक्षा अन्तर्गत अध्ययन अध्यापन समेत गरेको थियो ।
महामारीका कारण सबै व्यक्तिहरु घरमै बसेको यो अवस्थामा दिमिकका युवाहरुको सक्रियताले गाउँमा उत्साह थपेको समाजसेवी अर्जुुन भुुजेलले बताउनुु भयो । युवाहरुले महामारीमा देखाएको सक्रियताले उनीहरु प्रति गाउँबासीको आशा जागेको पाइन्छ । सामाजिक क्षेत्रमा क्लबका सदस्यहरुले देखाएको सक्रियताबाट प्रभावित भएर देश तथा विदेशमा रहेका युुवाहरुले आर्थिक सहयोग गर्ने क्रम समेत बढेको क्लबले जनाएको छ ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार























