संक्रमण फैलिन नदिन सचेत हुन नगरवासीलाई पुतलीबजार प्रमुख क्षेत्रीको आग्रह
स्याङ्जा,२० वैशाख– पुतलीबजार नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को दोस्रो चरणको संक्रमण फैलिन नदिन सचेत हुन नगरवासीलाई आग्रह गरेको छ । नगरप्रमुख सीमा कुमारी क्षेत्रीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको यो विसम परिस्थितीमा सबैलाई सचेत रहन आग्रह गर्नुभएको हो ।
नगरप्रमुख क्षेत्री द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, पछिल्लो समयमा कोभिड १९ को दोस्रो संक्रमण तिब्र रुपमा फैलिदै गएको अवस्थामा स्याङजामा पनि संक्रमण बढ्दो अवस्थामा रहेकोले यसबाट बच्न नगरपालिकामा विभिन्न सचेतना मूलक कार्यक्रमहरु गर्नुका साथै प्रत्येक आइतबार र बुधबार रोगका लक्षण देखिएका बिरामीहरुको स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउँने ब्यवस्था मिलाइएको छ ।
नगरप्रमुख क्षेत्रीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा कोरोना संक्रमणबाट बच्न मास्कको उचित प्रयोग गर्ने, स्यानीटाईजर वा साबुन पानीले हात हुने र भौतिकदुरी कायम गर्ने भिडभाडमा नजाने एवं भिडभाड हुने कार्यक्रम संचालन नगर्ने, विवाह, ब्रतबन्ध लगायतका साँस्कृतिक कार्यक्रमहरु सम्भव भएसम्म नगर्ने र गर्नैपर्ने अवस्थामा वढीमा १५ जनाको उपस्थितीमा दुरी कायम गरी सम्पन्न गर्ने उल्लेख छ ।
त्यसैगरी सम्पूर्ण निजी तथा सामुदायीक विद्यालयहरुले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने भर्चुअल तथा अन्य बैकल्पीक विधिबाट पठनपाठन संचालन गर्ने भनिएको छ । विज्ञप्तिमा सम्पूर्ण सरकारी तथा निजी कार्यालयहरु, बंैक तथा वित्तीय संस्थाहरुले दैनिक कार्य सम्पादन गर्दा कम भन्दा कम कर्मचारीको उपस्थितीमा कार्यलय संचालन गर्ने तथा सम्पूर्ण टोल विकास संस्थाहरुले आफ्नो टोलमा भारत लगायत उच्च संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिन होम क्वारेन्टाईनमा बस्न लगाउन समेत अनुरोध गरिएको छ । नगरपालिकाले संक्रमण रोक्न माक्स, सेनिटाईजर लगायत स्वास्थ्यका सामाग्रीहरु वितरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिनुभयो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार























