स्याङ्जा जिल्ला वैशाख मसान्त सम्म लकडाउन
स्याङ्जा,१९ वैशाख– जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाभर निषेधाज्ञा घोषणा गरेएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले २१ गते मंगलबार बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
विश्वब्यापी महामारीकोरुपमा द्रूत गतिमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड १९ को सङ्क्रमणका कारण जिल्लामा सक्रीय सङ्क्रमितको दर बढ्दै गएकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो । पहिलो चरणमा संक्रमणको अवस्थालाई मध्यनजर गरेर जिल्लाको तीन ओटा पालिकामा मात्रै निषेधाज्ञाको घोषणा गरेको प्रशासनले संक्रमितको संख्या बढे संगै दोस्रो चरणमा पुरा जिल्लाभर नै निषेधाज्ञा जारी गरेको हो ।
सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी १० दिनका लागि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रजिअ नेपालले बताउनुभयो ।
निषेधाज्ञाका क्रममा अत्यावश्यक बाहेकका सेवा तथा साधनहरुलाई पूर्णरुपमा बन्द गरिएकोले सबैले आ–आफ्नो क्षेत्रबाट आदेशको पालना गर्नुहुन प्रजिअ नेपालले आग्रह गर्नुभयो ।
आदेशको उल्लंघन गर्ने जोकोहीलाई सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुने प्रजिअ नेपालले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्धारा हस्ताक्षरित जारी आदेशमा औषधी उपचार र अत्यवश्यक बाहेक घरबाहिर ननिस्कने, सबै प्रकारका तालिम, गोष्ठी, सभा समारोह नगर्न आग्रह गरिएको छ भने एम्भुलेन्स, शवबाहन, दमकल, अत्यवश्यक खाद्य सामाग्री, पशुपंक्षीका दाना, दुध, फलफुल, माछामासुपानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री, औषधीका सवारी साधन, अत्यवश्यक सरकारी कामकाजका लागि, प्रेस तथा सञ्चारकर्मीले प्रयोग गरेका सवारी बाहेक अन्य सार्वजानिक तथा निजि सवारी चल्ने छैनन् भने सिद्धार्थ राजमार्ग हुँदै अन्यत्र जाने सावरी साधनको हकमा जिल्लाभित्र यात्रु चढाउन र ओराल्न पाईनेछैन् ।
मठ मन्दिर विभिन्न धार्मिक स्थलहरुमा नित्य पूजा बाहेक अन्य सामाजिक तथा सांस्कृतिक धार्मिक गतिविधिहरु सञ्चालन नगर्ने, स्वास्थ्य, सुरक्षा, सञ्चार विद्युत, खानेपानी, दमकल बाहेक अन्य कार्यालयको सेवा बन्द रहनेछ ।
जिल्लाका अधिकांश संक्रमित होम आइसोलेसनमै उपचार गरिरहेका छन् । संक्रमणको संख्या बढ्दै जान थालेपछि जिल्ला प्रशासन पनि जिल्लालाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर सक्रिय संक्रमितको संख्या २१२ पुगेको छ । आइतबार मात्रै ४८ जना सक्रमित जिल्लामा थपिएका छन् । जिल्लामा वैशाख १ देखि अहिलेसम्म ३ जना संक्रमितको मृत्यु भईसकेको छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार






















