एसिड अपराधीलाई कारबाही गर्न कडा कानून ः मन्त्री अर्याल


काठमाडौं,२४ फागुन–कृृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका, महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारबाही गर्नका निम्ती सरकारले कडा कानून निर्माण गरेको बताउनुभएको छ ।
१ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
विश्वका महिलाहरु धेरै अगाडी बढिरहँदा अहिलेपनि नेपालका महिलाहरु विशेषगरी किशोरीहरु असुरक्षित रहेको भन्दै उहाँले विभिन्न निहुँमा किशोरीमाथी एसिड प्रहार गर्ने र उनीहरुको जीवन कुरुप बनाइदिने अपराधीलाई कारबाही गर्नका निम्ती सरकारले कडा कानूनको व्यवस्था गरेको बताउनुभयो । ‘एसिड छर्किएर हाम्रा किशोरी, महिलाहरुको जीवन बर्बाद पार्ने । जीवनभर कुरुप बनाइदिने घटनाहरु बढ्दै गए । हामीसँग एसीडसम्बन्धी कानून रहेनछ, मन्त्री अर्यालले भन्नुभयो, ‘त्यसकारण सरकारले क्षतीअनुसारको कडाभन्दा कडा सजाय हुनेगरी अपराधीलाई कारबाही गर्न कडा कानूनको व्यवस्था गरेको छ । सँगै पीडितको शिक्षा, स्वास्थ्यको सरकारले जिम्मा लिनेगरी कानुन निर्माण भएको छ ।’
३ वर्षको बालिका देखी ७० वर्षका बृद्धसम्म बलात्कारको सिकार हुनेगरेको भन्दै उहाँले त्यस्ता बलात्कारीलाई कारबाही गर्नका निम्ती सरकारले कानून निर्माण गरेको बताउनुभयो । कारबाही गर्न जन्मकैदको व्यवस्थासहितको कानून निर्माण गरेका मन्त्री अर्यालको भनाइ थियो ।
समान कामको समान ज्याला पाउनुपर्छ, महिलाले मताधिकार पाउनुपर्छ भन्ने अभियानबाट शुरु भएको महिला आन्दोलन आज नेपालमा महिला राष्ट्रपति बनाउन सक्ने अवस्थासम्म आएको भन्दै मन्त्री अर्यालले अझै थुर्पै उपलब्धीहरु हासिल गर्न बाँकी रहेको बतानुभयो । प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धी हासिल गर्नका निम्ती अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो।
राजनीति सँगै सबै निकायमा महिला सहभागिता बढाउने कुरामा केन्द्रित हुन आवश्यक रहेको भन्दै मन्त्री अर्यालले सांसद्, राष्ट्रपति हुँदै अब प्रधानमन्त्री महिला बनाउने खोजीमा रहेको बताउनुभयो । ‘महिला आन्दोलन सहभागीताबाट शुरु भएको हो, तर हाम्रो गन्तव्य समानता नै हो । राष्ट्रपति बनायौं, अब पहिलो महिला प्रधानमन्त्री बनाउने खोजीमा हो हाम्रो आन्दोलन’, उहाँले भन्नुभयो, ‘सांसदहरु समानुपातिकमा मात्र होइन प्रत्यक्ष निर्वाचित महिला÷पुरुष बराबरी संख्यामा पु¥याउने हाम्रो अभियान हो ।’ अब सबै क्षेत्रमा समानतामा जानका निम्ती अबको महिला आन्दो्लन केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।
महिलाहरु हरेक क्षेत्रमा उत्कृष्ट बन्ने अभियान निरन्तर रुपमा चलेको बताउँदै मन्त्री अर्यालले राज्यका तर्फबाट महिलालाई अगाडी बढाउन तथा हिंसापीडित महिलालाई न्याय दिलाउनका निम्ती थुर्पै कामहरु भएको बताउनुभयो । अब महिलाहरुलाई आत्मनिर्भरताका निम्ती गरेर खान सिकाउने अभियान चलाउनुपर्ने भन्दै उहाँले गरेर खानका निम्ती न्यूनतम ब्याजमा ऋणको व्यवस्था गरिदिनुपर्ने बताउनुभयो । ‘जबसम्म महिलाहरु आफ्नो खल्ती बलियो पार्नसक्ने हुँदैन तबसम्म बलियो हुदैन । त्यसैले महिलाहरुलाई बलियो बनाउनका निम्ती उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो ।
महिला जागरणमा सामुदायिक वन महासंघको ठूलो भूमिका रहेको भन्दै उहाँले आफ्नो संगठन संरचनाभित्र ५० प्रतिशत महिला सहभागीता पु¥याएर अरुलाई पनि ठूलो पाठ सिकाउन सफल भएको बताउनुभयो । त्यस अवसरमा सामुदायिक वन संरक्षण तथा प्रकृति संरक्षण अभियानमा योगदान गर्ने महिलाहरुलाई सम्मानित गरिएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal