जन्मदिनको अवसरमा अर्यालद्वारा जेष्ठ नागरिकलाई सहयोग

गल्याङ, २८ माघ– जन्मदिनको अवसरमा गरिने खर्च कटाएर गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले जेष्ठ नागरिकलाई सहयोग गर्नुभएको छ । गल्याङ नगरपालिका १ राम्दीमा रहेको शिपार्वती बृद्धा आश्रममा बस्दै आएका जेष्ठ नागरिकहरुलाई अर्यालले एक दिनको भोजनको लागि रु ६ हजार ५ सय रुपैँया हस्तान्तरण गर्नुभएको हो ।
आफ्नो ४५ औं जन्मदिनको अवसरमा जेष्ठ नागरिकहरुलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको अर्यालले बताउनुभयो । उहाँले जन्मदिनको अवसरमा पार्टी गर्ने लगायतका फजुल खर्च गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि आफुले सानो सहयोग गरेको बताउनुभयो ।
अर्यालले भन्नुभयो, ‘जेष्ठ नागरिक सबैको प्रेरणाको श्रोत हुनुहुन्छ, त्यसैले सानो सहयोग गरेको मात्रै हो । सहयोग गर्न पाउँदा मनमा सन्तुष्टि मिलेको छ ।’ जेष्ठ नागरिकलाई सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नु पर्ने अर्यालले बताउनुभयो ।
आश्रमका व्यवस्थापक सुनिल श्रेष्ठले सरदरमा दैनिक एक जनाका दरले भोजन गराउनेहरु आउने गरेको बताउनुभयो । आश्रममा अहिले १६ जना जेष्ठ नागरिक बस्दै आएकाछन् ।

वालिङ हस्पिटलको सूचना

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal