आँधीखोलामा प्रचण्ड नेपालसमुहको प्रशिक्षण, प्रधानमन्त्रीको कदम असंबैधानीकः नेता पौडेल

स्याङ्जा,३ माघ– नेकपा प्रचण्ड–नेपाल समुहको आँधीखोला गाउँपालिकामा भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य तथा पुर्व सांसद डा. विजय पौडेलले सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानीक कदम चालेको बताउनुभयो । नेता पौडेलले भन्नुभयो, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै घरमा आगो लगाउनुभयो ।’ प्रधानमन्त्रीको यो कदमले नेकपा मात्रै नभएर मुलुकनै संकटमा पर्ने अवस्था आयो ।
संविधानको भावना र मान्यतालाई समेत ख्याल नगरी प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटनको सिफारिस गर्नु असंवैधानिक कदम रहेको पौडेलको भनाइ थियो ।
सरकारलाई काम गर्न नदिएका कारण पार्टी फुटेको भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै पौडेलले ओली तानाशाही शैलीमा अगाडी बढेको आरोप लगाउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य देवेन्द्र पराजुली, धनराज आचार्य, जिल्ला कार्यालय सदस्य रामचन्द्र भट्टराई, शैलेन्द्र घिमिरे, खड्कबहादुर नेपाली, आँधीखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल लगायतले बोल्नुभएको थिए ।
ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार