नेपाल कोरोना नियन्त्रणमा सार्क मुलुकमै अग्रस्थानमा, कोभिड अस्पताल खाली
विज्ञ भन्छन नेपाल कोरोना नियन्त्रण गर्ने पहिलो सार्क मुलुक बन्न सक्छ
रिया भण्डारी
काठमाडौं, २७ पुस– सार्क मुलुकमध्ये नेपाल सक्रिय कोरोना संक्रमितको संख्या कम हुनेमा अग्रस्थानमा देखिएको छ । पुस २६ गतेको तथ्यांक अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २२ छ ।
कुल संक्रमित मध्ये १ दशमलव ८ प्रतिशत सक्रिय संक्रमित छन् । जुन सार्क मुलुक मध्ये कै कम हो। नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।
कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ । अर्थात ९७ दशमलव ४ प्रतिशत संक्रमण मुक्त भइसकेका छन् । निको हुनको प्रतिशतमा पनि सार्क मुलुक मध्ये नेपाल अग्रस्थानमा छ।
सरुवा रोग नियन्त्रणको जिमेवारी बोकेको इपिडिमीयोलोजी तथा रोग नियन्त्रण माहाशाखाले पछिल्लो समय नेपालमा कोरोना संक्रमण घट्दै गएको जनाएको छ ।
पीसीआर कम गरेको कारण संक्रमण कम देखिएको हो कि भन्ने जिज्ञाशामा महाशाखाका निर्देशक डाक्टर बासुदेब पाण्डेले अश्वीकार गर्नुभयो । पीसीआर कम गरेर कोरोना संक्रमण कम देखिएको होइन वास्तविकता मै संक्रमण घट्दै गएको जानकारी उहाँले दिनुभयो ।
पछिल्ला महिनाहरुमा दश हजारको हाराहारीमा पीसीआर गर्दा २ हजारको हाराहारीमा संक्रमित पहिचान हुन्थ्यो । अहिले ५ हजारको हाराहारीमा पीसीआर गर्दा ४ सयको हाराहारीमा संक्रमित भेटिएको छ ।
पाण्डेले भन्नुभयो, ‘यसहिसाबले पनि संक्रमण घटेकै देखिन्छ सर्बसाधारणलाई लाग्ला पीसीआर कम गरेर कोरोना कम देखिएको हो । तर, त्यसो होइन वास्तविकता मै कोरोना संक्रमित घटेका छन् । अस्पतालका बेडहरु पनि खाली हुँदै गएका छन् ।’
कोरोना संक्रमित घट्दै गएपछि कोरोना अस्पतालका बेडहरु पनि खाली हुँदै गएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि कोरोनाका बिरामी घटेको जनाएको छ ।
कोरोना संक्रमित घटेपछि शुक्रराज अस्पतालले १० महिनापछि माघ १ गतेबाट कोरोना बाहेकका बिरामीलाई पनि भर्ना लिने तयारी गरेको छ ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले वार्ड र आइसीयू दुबैमा कोरोना संक्रमित घटेका र माघ १ गतेदेखि आइसीयूलाई मात्र कोभिड वार्ड बनाउने र अन्यलाई पहिले जस्तै सामान्य वार्ड बनाउने बताउनुभयो । उहाँले अन्य रोगका बिरामीलाई पनि भर्ना लिने तयारी गरेको नेपाल प्रेसलाई जानकारी दिनुभयो ।
संघीय राजधानी काठमाडौं बाहिरका जिल्लाहरुमा पनि कोभिड अस्पतालका शय्याहरु खाली हुँदै गएका छन् । विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमितहरु नआउँदा अस्पताल खाली भएको छ ।
८० शैयाको क्षमता भएको उक्त उपचार केन्द्रमा अहिले एक जना पनि संक्रमित नभएको केन्द्रले जनाएको छ । प्रदेश १ का अधिकांश अस्पतालमा कोरोना संक्रमित घटेको अस्पतालहरुले जनाएका छन् । चितवनको कोरोना अस्पतालमा पनि संक्रमित घटेका छन् ।
स्वास्थ्य मन्त्रालयले देशभर नै संक्रमित घट्दै गएको र अवस्था सामान्यतिर फर्किरहेको जनाएको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असोजमा गरेको अनुसन्धानमा नेपालमा धेरैलाई भाइरस संक्रमण भएर थाहै नपाइ निको भैसकेको पनि भेटिएको थियो ।
समाजमा संक्रमणको अवस्था पत्ता लगाउन भाइरस बिरुद्ध एन्टीबडी बनेको छ छैन भनेर रगतबाट गरिएको ‘सेरोप्रिभ्यालेन्स’ परीक्षणमा झन्डै १५ प्रतिशतमा एन्टिवडी बनिसकेको भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
सातै प्रदेशमा गरिएको यो परीक्षणमा त्यो बेलै १५ प्रतिशतमा एन्टीबडी बनिसकेकाले अहिले यो संख्या झन् बढेको हुन सक्ने महाशाखाका निर्देशक डा. पाण्डे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘संक्रमण घट्दै गएर अवस्था सामान्य तिर फर्किरहेको छ, यो खुशीको कुरा हो । तर सबै नागरिकले जनस्वास्थ्यका मापदण्ड पालन गर्न छोड्न हुन्न ।’
बेलायत लगायत अन्य मुलुकमा कोरोनाको नयाँ स्वरुप पनि भेटिएकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालन गरेर कोरोनाको नयाँ स्वरुपलाई रोक्नतर्फ सचेत हुनुपर्ने शुक्रराज अस्पतालका डा. शेर बहादुर पुन बताउनुहुन्छ । धेरै मुलुकमा कोरोना संक्रमण दर शून्यमा पुगेर फेरि दोस्रो लहर सुरु भएको छ । त्यसैले यसतर्फ पनि सचेत हुँदै नागरिकले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना गर्ने र सरकारले संक्रमण नियन्त्रणको रणनीति अझ शसक्त बनाएर संक्रमणको दोस्रो लहरबाट बच्नुपर्ने डा. पुन को सुझाब छ । संक्रमण यही रफ्तारले घट्दै गए र भाइरसको दोस्रो लहर सुरु नभए सार्क मुलकुमा नेपाल कोरोना नियन्त्रण गर्ने पहिलो मुलुक बन्न सक्ने बिज्ञहरुले बताउनुभएको छ ।
१२ प्रतिशत भन्दा कम सक्रिय संक्रमित हुनुलाई विश्व स्वास्थ्य संगठनले जोखिम लिष्टबाट हटाउने गरेको छ । यो हिसाबले नेपाल अहिले न्यून जोखिम लिष्टमा छ र अवस्था सामान्य तर्फ फर्किरहेको पनि इपिडीमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ ।
सार्कदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित यत्तिबेला भुटानमा छन् । जहाँ कुल संक्रमित मध्ये ४०.२ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै, कुल संक्रमित मध्ये पाकिस्तान १९.८, श्रीलंकामा १४.७, अफगानिस्थानमा १५.२, बंगलादेश ९.२, माल्दिसमा ५.० र भारतमा २.२ प्रतिशत सक्रिय संक्रमित छन् ।
नेपालमा १.९ प्रतिशत सक्रिय संक्रमित छन् । सार्क मुलुकमा नेपाल सक्रिय संक्रमित सबैभन्दा कम भएको र निको हुने प्रतिशत सबैभन्दा बढी भएको मुलुक हो । स्रोत नेपाल प्रेस
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















