नेपाली काँग्रेसद्वारा जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शन
स्याङ्जा, २५ पुस– नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार देशव्यापी विरोध कार्यक्रम गरेको छ । विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ । सोही मुद्दालाई लिएर कांग्रेसले ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध कार्यक्रम गरेको हो ।
स्याङ्जा क्षेत्र नम्बर दुईको वालिङमा, गल्याङमा पनि कांग्रेसका नेता कार्यकर्ताहरुले सडकमा ¥याली निकालेर विरोध जनाएकाछन् । ¥यालीपछि आयोजित कोणसभामा नेपाली कांग्रेस महासमिति सदस्य एवं भीरकोट नगर प्रमुख छाँयाराम खनालले चुनाव पनि नहुने र संसद पनि पुनस्थापना हुन नसकेमा देश संकटको भूमरीमा फस्ने बताउनुभयो ।
उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि ओली सरकारको असंवैधानिक निर्णयविरुद्ध लाग्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष एवं महासमिति सदस्य सरस्वती तिवारी, नेपाल महिला संघ जिल्ला अध्यक्ष एवं वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारी लगायतले ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनको आशा देखाएर झुक्याउन थालेकाले होशियार हुनुपर्ने बताउनुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















