नेपाली काँग्रेसद्वारा जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शन

स्याङ्जा, २५ पुस– नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार देशव्यापी विरोध कार्यक्रम गरेको छ । विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ । सोही मुद्दालाई लिएर कांग्रेसले ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध कार्यक्रम गरेको हो ।
स्याङ्जा क्षेत्र नम्बर दुईको वालिङमा, गल्याङमा पनि कांग्रेसका नेता कार्यकर्ताहरुले सडकमा ¥याली निकालेर विरोध जनाएकाछन् । ¥यालीपछि आयोजित कोणसभामा नेपाली कांग्रेस महासमिति सदस्य एवं भीरकोट नगर प्रमुख छाँयाराम खनालले चुनाव पनि नहुने र संसद पनि पुनस्थापना हुन नसकेमा देश संकटको भूमरीमा फस्ने बताउनुभयो ।
उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि ओली सरकारको असंवैधानिक निर्णयविरुद्ध लाग्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष एवं महासमिति सदस्य सरस्वती तिवारी, नेपाल महिला संघ जिल्ला अध्यक्ष एवं वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारी लगायतले ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनको आशा देखाएर झुक्याउन थालेकाले होशियार हुनुपर्ने बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal