कपोकल्पीत आरोप पत्र नै पार्टी विभाजनको विजारोपण ः मन्त्री अर्याल
स्याङ्जा, २५ पुस– नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कपोकल्पीत आरोप पत्रनै पार्टी विभाजनको विजारोपण भएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शनिबार नेकपा वालिङ नगर कमिटी द्वारा आयोजित कार्यक्रता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । नेकपाकी नेता समेतर रहनुभएकी मन्त्री अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दीमा पारेर अपदस्त गर्ने खेल पार्टीका जिम्मेबार नेताहरुबाट भएकोले नै नेकपामा अहिलेको यो अवस्था आएको बताउनुभयो । नेकपाका अर्का अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाललाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने चाहाना र पदलोलुपताले नै सरकारलाई घेराबन्दीमा पारेर प्रधानमन्त्री ओली माथि अपराधिक आरोप लगाउदै सहमतिको आधारलाई भत्काएर विधिविधानको नाममा बहुमतको खेलल खेलेर पार्टीलाई विघटनको अवस्थापा पु¥याउने अवस्था आएपछि प्रधानमन्त्री बाध्यभएर प्रतिनिधि सभाको विघटन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।

अहिले नेकपाका आम कार्यकर्ता एवं शुभचिन्तकहरुले नेकपाभित्रको बास्तविकता बुझ्नुपर्ने बताउदै कुनै पनि सिद्धान्तर विकास निर्माणका बारेमा भएको असहमति नभइ पद प्राप्तीको तिब्र आकंक्षाले अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल नेकपाबाट बाहिरीएको मन्त्री अर्यालले बताउनुभयो ।
अहिले प्रचण्ड नेपालले सड्तताए जसरी कोरोना महामारी र विकास निर्माणका काममा कार्यक्रताहरुलाई परिचालन गरेकोभए नेकपा कुन अवस्थामा पुग्थ्यो भन्दै मन्त्री अर्यालले प्रतिप्रश्न गर्नुभयो । वैशाखमा माहाधिवेशन गर्न तर्फ चासो नदेखाउने प्रचण्ड र प्रधानमन्त्री ओलीले पार्टीको तेस्रो अध्यक्ष बन्न आग्रह गर्दा नमान्ने तर प्रचण्ड संग गएर दुई दिनमै अध्यक्ष बन्नुले पनि उहाँहरुको नियत प्रष्टै भएको बताउदै कार्यकर्तालाई विचलित नभई निर्वाचनको तयारीमा लाग्ने समेत मन्त्री अर्यालले आग्रह गर्नुभयो ।
सरकारले नेपालको नक्सामा लामो समय देखि गुमेको कालापानी लिम्पिया धुरा र लिपुलेकलाई समेटेर नक्सा जारी गरेदेखि नै छिमेकी संग सम्बन्ध विगारेको भन्दै आफ्नै पार्टीका जिम्मेबार नेताहरुबाट भएको टिकाटिप्पणीबाट सबै कुरा प्रष्ट भएको मन्त्री अर्यालको भनाइ थियो ।
मन्त्री अर्यालले जिल्लाको विकासको लागि कुनै कसर बाकी नराख्ने बताउदै उत्पादनका काममा लाग्न समेत आम कार्यक्रताहरुलाई आग्रह गर्नुभयो । सरकार देशमा दिगोरुपमा विकास गदै आम जनतालाई आयआर्जन संग जोड्ने योजना अनुसार अगाडी बढेको बताउदै समाज सेवा संगसंगै व्यावसायका क्षेत्रमा लागेर आत्मनिर्भर बन्ने बाटोमा लाग्नु पर्नेमा समेत बताउनुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मी, केन्द्रीय सदस्य एवं अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष किशोरविक्रम मल्ल लगायतले बोल्नुभएको थियो ।
यसैबिच मन्त्री अर्याललाई नेपाली कांग्रेसका कार्यक्रताले वालिङमा कालो झण्डा देखाएर विरोध गरेकाछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असम्बैधानीक कार्य गरेको भन्दै काग्रेस कार्यकर्ताले मन्त्री अर्याललाई कालो झण्डा देखाएर गृह जिल्लामा विरोध गरेकाहुन ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















