आँधीखोला गाउँपालिकाले ५२ हजार माछाका भुरा खोलामा छाडेयो
स्याङ्जा, २५ मङ्सिर, आँधीखोला गाउँपालिकाले खोलामा ५२ हजार माछाका भुरा छाडेको छ । पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले गाउँपालिकाले आँधीखोलामा ५२ हजार माछाका भुरा छोडिएको जनाएको छ ।
कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ल्याइएका १४ पोका माछाका भुरा आँधीखोलाको विभिन्न ७ स्थानमा छोडेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । आयातित माछाका प्रजातिले गर्दा परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “नदी, ताल र तलाउको जैविक विविधता कायम गर्नुका साथै पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूणर् हुन्छ । त्यसैले जैविक विविधता कायम राख्नको लागि खोलामा माछाका भुरा छाडेका हौ ।”
खोलामा साना भुरा छोड्दा काग, बकुल्लो लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढि हुनेभएकोल कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताउनुभयो । बिभिन्न कारणबाट खोलामा माछा लोप हुदै जानथालेपछि ठेडे, हाँडे र गर्दी जातको माछाका भुरा जलाशयमा ल्याएर आँधीखोलामा छाडिएको गाउँपालिकाका सुचना अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















