मानिसको बेवास्ताले गर्दा गाईले के खायो ? प्लास्टिक
हामी मध्य धेरैलाई गाईले के आन्छ भनेर सोध्दा धेरैको उत्तर घासँ हुने गरेको छ । तर जनकपुरधाम उपमहानगरपालिकामा जथाभावी रुपमा फालिएको फोहोरले प्रत्येक हप्ता २ देखि ३ वटा गाई प्लास्टिक खाएर मर्ने गरेका छन् । उप महानगरपालिकाले विगत १० दिनदेखि नियमित फोहोर नउठाउदा समस्या भएको स्थानीय एवं अर्थ क्लिन ग्रिन फाउण्डेशनका संस्थापक दिपु ठाकुरले बताउनुभयो । उहाँका अनुसार उप महानगरपालिकाको वडा नं ४ क्षेत्रमा फोहोरमैला व्यवस्थापन उचित रुपमा हुन नसकेकोले समस्या बढेको बताउनुभयो । नागरिकतथा राज्य संचालकको बेवास्ताका कारण अवोध गाईहरुले मृत्युवरण गर्न परेको छ । फोहोरमैला व्यवस्थापनका लागि उचित निकास तीनै तहका सरकारले गर्न नसक्दा समस्या झन् बल्झिएको हो । ठाकुरका अनुसार शहरका विभिन्न् चोकमा रहेका फोहोरका दृश्यले वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर परेको र पर्यटकिय नगरी जनकपुरको सौन्दर्यता र सभ्यतालाई गिज्याएको बताउनुभयो । नगर क्षेत्रका फोहोरमैला व्यवस्थापन तथा पछिल्ला समस्याका विषयमा नगर प्रमुख लाल किशोर यादवले आफ्नो ध्यानकर्षण भएको बताउनुभयो । उहाँका अनुसार फोहोर व्यवस्थित रुपमा व्यवस्थापन गर्न ल्याण्डफिल्ड साईट निर्माणको विषयमा छलफल भएपनि फोहोरमाथिको राजनीतिका कारण समस्या बढेको बताउनुभयो ।

करिब २ लाख भन्दा बढी नागरिकको बसोबास गर्ने उप महानगरमा एक सय जना सफाइकर्मीले फोहोर व्यवस्थापन गर्न समस्या रहेको बताउनुभयो । प्रदेश नं २ को मुख्यमन्त्री सफाइ अभियानको थालनी गरेपनि सोही क्षेत्रमा रहेका फोहोरका थुप्रोले समस्या उत्कर्षमा पुगेको छ । राजनीतिक तथा सामाजिक कोणबाट फोहोरको उचित व्यवस्थापन गर्नुपर्नेमा फोहोरमाथिको राजनीतिले समस्या बढाएको छ । उपमहानगरपालिकाले तत्काल फोहोर व्यवस्थापनको निकास खोज्ने समेत बताएको छ ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















