मानिसको बेवास्ताले गर्दा गाईले के खायो ? प्लास्टिक

हामी मध्य धेरैलाई गाईले के आन्छ भनेर सोध्दा धेरैको उत्तर घासँ हुने गरेको छ । तर जनकपुरधाम उपमहानगरपालिकामा जथाभावी रुपमा फालिएको फोहोरले प्रत्येक हप्ता २ देखि ३ वटा गाई प्लास्टिक खाएर मर्ने गरेका छन् । उप महानगरपालिकाले विगत १० दिनदेखि नियमित फोहोर नउठाउदा समस्या भएको स्थानीय एवं अर्थ क्लिन ग्रिन फाउण्डेशनका संस्थापक दिपु ठाकुरले बताउनुभयो । उहाँका अनुसार उप महानगरपालिकाको वडा नं ४ क्षेत्रमा फोहोरमैला व्यवस्थापन उचित रुपमा हुन नसकेकोले समस्या बढेको बताउनुभयो । नागरिकतथा राज्य संचालकको बेवास्ताका कारण अवोध गाईहरुले मृत्युवरण गर्न परेको छ । फोहोरमैला व्यवस्थापनका लागि उचित निकास तीनै तहका सरकारले गर्न नसक्दा समस्या झन् बल्झिएको हो । ठाकुरका अनुसार शहरका विभिन्न् चोकमा रहेका फोहोरका दृश्यले वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर परेको र पर्यटकिय नगरी जनकपुरको सौन्दर्यता र सभ्यतालाई गिज्याएको बताउनुभयो । नगर क्षेत्रका फोहोरमैला व्यवस्थापन तथा पछिल्ला समस्याका विषयमा नगर प्रमुख लाल किशोर यादवले आफ्नो ध्यानकर्षण भएको बताउनुभयो । उहाँका अनुसार फोहोर व्यवस्थित रुपमा व्यवस्थापन गर्न ल्याण्डफिल्ड साईट निर्माणको विषयमा छलफल भएपनि फोहोरमाथिको राजनीतिका कारण समस्या बढेको बताउनुभयो ।


करिब २ लाख भन्दा बढी नागरिकको बसोबास गर्ने उप महानगरमा एक सय जना सफाइकर्मीले फोहोर व्यवस्थापन गर्न समस्या रहेको बताउनुभयो । प्रदेश नं २ को मुख्यमन्त्री सफाइ अभियानको थालनी गरेपनि सोही क्षेत्रमा रहेका फोहोरका थुप्रोले समस्या उत्कर्षमा पुगेको छ । राजनीतिक तथा सामाजिक कोणबाट फोहोरको उचित व्यवस्थापन गर्नुपर्नेमा फोहोरमाथिको राजनीतिले समस्या बढाएको छ । उपमहानगरपालिकाले तत्काल फोहोर व्यवस्थापनको निकास खोज्ने समेत बताएको छ । 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal