तिज पर्व महिला सशक्तिकरण संग जोडिनुपर्छ ः एमाले सचिव अर्याल
वालिङ,८ भदौ– अखिल नेपाल महिला संघ वालिङ नगर कमिटीको आयोयजनामा जित विशेष कार्यक्रम वालिङ १ रामबाच्छामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले तिज पर्व महिला शसक्तिकरण संग जोडिनुपर्ने बताउनुभएको छ । बिगतमा मनाईने तिज र आज मनाईने तिजको शैलिमा परिर्वतन आएको भन्दै आजका महिलाहरु तिज पर्वमा महिला अधिकार सुनिश्चिताका लागि आवाज उठाउनुपर्ने बताउनुभयो । प्रतिनिधि सभासदस्य समेत रहनुभएकी अर्यालले तिजको मौलिक परम्परालाई संरक्षण गर्दै सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाको नेतृत्व हुनुपर्छ भन्ने अठोटका साथ महिलाहरु एकिकृत हुनुपर्ने बताउनुभयो ।

संविधानमा महिलाका हक सुनिश्चित गरिएकोे भन्दै संविधानमा उल्लेख गरिएको अधिकारलाई आम महिला दिदीबहिनीहरु माँझ पु¥याउन र कार्यान्वयनका लागि महिलाहरु सशक्तरुपमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य द्वोय सीता सुन्दास, सीमाकुमारी क्षेत्री, एमाले गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















