सञ्चालनमा आएन खुला कारागार
सिराज खान
नेपालगञ्ज,८ भदौ– बाँकेको गनापुरस्थित देशकै पहिलो खुला कारागार अझै सञ्चालनमा आउन सकेको छैन। सो कारागार तीन वर्षअघि नै निर्माण सम्पन्न भएको हो।
कारागार सञ्चालनका लागि कार्यविधि नबन्दा सञ्चालनमा आउन नसकेको कारागार कार्यालय बाँकेले जनाएको छ। गनापुरमा करिब ३७ कोठे खुला कारागार भवन तयार भएको छ। सो कारागारका जेलर अर्जुनजङ्ग शाहका अनुसार दुई तिहाइ कैद भुक्तान गरेकालाई राख्नका लागि देशकै पहिलो खुला कारागार निर्माण गरिएको हो। कारागार सञ्चालनका लागि कारागार विभागले कार्यविधि नबनाउँदा सञ्चालनमा समस्या आएको छ।
कारागार विभागले केही समयअघि खुला कारागार सञ्चालन कार्यविधि २०७८ को मस्यौदा निर्माणका लागि सुझाव मागे पनि अझै कार्यविधि तयार भई नसकेको जनाइएको छ।
गत वैशाखदेखि खुला कारागार सञ्चालनमा ल्याउने जानकारी आए पनि पाँच महिना बितिसक्दा पनि कुनै सुनुवाइ नै हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले अदालतसँग परामर्श लिएर ७५ प्रतिशत कैद भुक्तान गरेकालाई खुला कारागारमा राखिने बताउनुभयो।
खुला कारागारमा बस्ने कैदीले दिनभर अन्यत्र काम गर्न पाउनेछन्। कारागार सञ्चालन कार्यविधि मस्यौदामा उल्लेख गरिएअनुसार रात बिताउन भने कारागारमा नै आउनुपर्ने छ। यो एक किसिमको सुधार गृहजस्तै हुने अपेक्षा गरिएको छ।
खुला कारागारका कैदीले बाहिर काम गर्न जाँदा वा फर्किंदा शान्तिसुरक्षाको जिम्मेवारी कसको हुने भन्ने कुरामा स्पष्ट कानुन बन्न सकेको छैन। सो विषयमा पनि सुझाव सङ्कलन गरिएको जनाइएको छ।
बाँकेको जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी कोचाकोच गरेर राखिएका छन्। यता खुला कारागारको भवन निर्माण भएको तीन वर्ष बितिसकेको छ तर कार्यविधि नबन्दा कैदी राख्न सकिएको छैन।
बाँकेमा २५० देखि ३०० जना कैदीबन्दी राख्ने क्षमता भएको जीर्ण भवनमा अहिले ७७३ जनालाई कोचाकोच गरी राखिएको छ। खुला कारागार सञ्चालन भएपछि धेरै कैदीलाई त्यहाँबाट सार्न सकिने हुँदा सम्बद्ध अधिकारी कारागार छिटो सञ्चालन गर्ने पक्षमा रहेका छन्।
सो विषयमा गृह मन्त्रालयअन्तर्गत कारागार विभागलाई पत्र लेखेर पठाइसकेको बाँके कारागारका प्रमुख शाहले बताउनुभयो। यहाँको नौबस्तामा एक हजार ५०० कैदीबन्दीलाई राख्ने क्षमताको क्षेत्रीय कारागार भवनसमेत निर्माण भइरहेको छ।
सो क्षेत्रीय कारागार पनि निर्माणको अन्तिम चरणमा पुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। जिल्ला कारागारका धेरै कैदीबन्दीलाई त्यहाँ स्थानान्तरण गरिने हुँदो कैदी कोचाकोचको समस्या समाधान हुने आशा गरिएको छ।गोप
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















