नवौँ राष्ट्रिय खेलकुद : कार्यकारी समितिको सचिवालय स्थापना

कास्की,५ भदौ– नवौँ राष्ट्रिय खेलकुदको आवश्यक प्रशासनिक र व्यवस्थापकीय कामका लागि पोखरामा मूल आयोजक समिति कार्यकारी समितिको सचिवालय स्थापना गरिएको छ । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा स्थापना गरिएको सचिवालयको आज सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुदका लागि गर्नुपर्ने आवश्यक सबै प्रशासनिक र तयारीका सबै काम सोही सचिवालयबाट हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं कार्यकारी समितिका सचिव टङ्कलाल घिसिङले बताउनुभयो । सचिवालयमा आवश्यक जनशक्ति व्यवस्थापन गरिने र यसलाई नै प्रतियोगिताभरका लागि मुख्य काम गर्नेस्थल बनाइने उहाँले बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गहतराजलले सङ्घ, प्रदेश र स्थानीय सरकार तीनै तहको संयुक्त प्रयासबाट राष्ट्रिय खेलकुदलाई सफल बनाइने बताउनुभयो । राष्ट्रिय खेलकुद आयोजना गर्ने संवैधानिक जिम्मेवारी केन्द्रीय सरकारको भए पनि समग्र भूमिका सोही ठाउँको प्रदेश र स्थानीय सरकारको रहने खेलकुदमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकुदको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुदलाई सफल बनाउनु समग्र भूमिका आयोजनास्थल रहेको प्रदेश र स्थानीय सरकारको हुन्छ । त्यसैले गण्डकी सरकार र पोखरा महानगरपालिकासँग मिलेर प्रतियोगिता सम्पन्न गर्ने दृढ सङ्कल्प गरेका छौँ ।”  मन्त्री गहतराजले ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद पोखरा र गण्डकीका लागि महत्वपूर्ण अवसर बन्ने भन्दै यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय खेलकुदको महाअभियानलाई सफल बनाउन कार्यकारी समितिको सचिवालयले प्रभावकारी भूमिका निभाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि विशेष महत्व राख्ने राष्ट्रिय खेलकुद गण्डकीको राजधानी पोखरामा हुनु गौरवको विषय रहेकाले यसलाई सम्पन्न गर्न तीनै तहका सरकारका संयुक्त प्रयत्नबाट काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ४० वर्षपछि हुन लागेको प्रतियोगिता आयोजनाको महत्वपूर्ण अवसर प्राप्त भएकाले खेलकुदका माध्यबाट पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन थप टेवा पुग्ने बताउनुभयो ।

स्थानीय सरकारले राम्रो हुँदा जस र नराम्रो हुँदा अपजससमेत लिनुपर्ने भएकाले सानोभन्दा सानो कामलाई पनि व्यवस्थित गरी पाहुनाका लागि राम्रो आतिथ्यता प्रदान गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । नवौँ राष्ट्रिय खेलकुदका लागि पोखरामा अहिले तयारीका काम अघि बढाइएको छ । खेलाडी प्रशिक्षण, खेलस्थल अवलोकन निरीक्षण तथा निर्माणाधीन खेल पूर्वाधारलाई सम्पन्न गर्न लागिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।रासस   

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal