गाईपालनगरेर मासिक ९० हजार आम्दानी गर्दै कमला
कला राना
वालिङ,२९ साउन– भीरकोट नगरपालिका ६ ठाडोहटियाकी कमला गोदार गाईपालन व्यवसायमा रमाउनुभएको छ । गाईपालनमा नै आफ्नो भविष्य देखनुभएकी गोदार ८ वर्षदेखि निरन्तर यो पेशालाई व्यावसायीक रुपमा अगाडी बढाउदै आउनुभएको छ ।
महिला पनि आर्थिक उपार्जनमा जोडिनुपर्छ सधैभरी अरुको भरमा मात्रै परेर बस्नुहुदैन भन्ने मान्यताका साथ यो व्यावसायमा लाग्नुभएकी कमलाले दुध विक्रि गरेर मासिक ९० हजार रुपैँया अम्दामी गर्न सफल हुनुभएको छ ।
२०७२ सालमा लगनशिल महिला गाई पालन फर्म दर्ता गरी व्यवसायिक व्यावसाय सुरु गर्नुभएकी उहाँले ५ वटा उन्नत जातका गाई पालन गरी दैनिक ६० लिटर दुध विक्रि गर्दै आउनुभएको छ । गाईपालन व्यावसायमा आफ्नो भविष्य खोजेर यो पेशालाई नै आफ्नो मुख्य आयआर्जनको मुख्य स्रोत बनाउनुभएकी लाग्नुभएकी कमलाले श्रीमानले विदेशमा रोजगारी गरेर कमाएपनि आँफुले पनि केहि गर्नुपर्छ भन्ने मान्यताका साथ गाई पालनमा लागेको बताउनुभयो । बयेरघारी स्थित शुभलक्ष्मी सहकारीले गाई पालनका लागि ऋण सहयोग गरेपछि उहाँले दुई वटा गाईबाट व्यवसायिक गाईपालन शुरु गर्नुभएको हो ।
होलिस्टोन जातका उन्नत गाईले दुध धेरै दिने र गाईको विमा समेत गरेकोले ढुक्क भएर यो व्यावसायमा निरन्तर लागेको कमलाको भनाइ छ । उहाँले भन्नुभयो, “सबै गाईको विमा गरेकीछु, उत्पादन भएको दुध विक्रिको लागि कुनै समस्या छैन यो पेशाले मलाई सन्तुष्टी मिलेको छ ।” त्यस क्षेत्रका किसानले उत्पादन गरेको दुध भीरकोट सहकारी संस्थाले बजारीकरण गरिदिने भएकाले कमला जस्तै अन्य कृषकहरुलाई पनि यस क्षेत्रमा लाग्न थप उत्साहित बनाएको छ ।
गाईलाई दाना सुख्खा घाँसको उचित व्यवस्थापन गर्न सकियो भने होलिस्टोन जातका गाईले प्रर्याप्त दुध दिने उहाँ बताउनुहुन्छ । बजारमा खपत हुने दुध सहकारी मार्फत विक्रि भईरहेको छ भने बाँकी रहेको दुध पोखरामा खपत हुँदै आएको छ । दैनिक विहान ४ बजेदेखि उहाँको दैनिकि शुरु हुन्छ । एक्लै ५ वटा गाईको लागि आवश्यक घाँस काट्ने दाना व्यवस्थापन गर्नेलगायतका काममा उहाँ आँफै खटिनुभएको छ ।
बयेरघारीको पुलको मुखमा रहेको संकलन केन्द्रमा दुध जम्मा हुन्छ भने भीरकोट नगरपालिकाले दुध ढुवानीमा अनुदान समेत दिँदै आएको छ । मासिक रुपमा एटिएमबाट पैसा बुझ्दा कमला निकै खुसी हुनुहुन्छ । दुई छोराछोरीको रेखदेख संगै कमलाले गाई पालन व्यावसायको समेत राम्रो व्यवस्थपन गर्न सफल हुनुभएको छ । श्रीमान श्रीमती एक रथका दुई पांग्रा रहेकाले घर व्यवहारदेखि हरेक कुरामा दुवैको महत्वपुर्ण हात हुने भएकाले श्रीमानकै भरमा नपरी श्रीमती समेत आर्थिक उपार्जनमा लाग्नुपर्ने कमला बताउनुहुन्छ ।
आगामी दिनमा समेत गाईपालनलाई विस्तार गर्ने उहाँको सोँच छ । गण्डकी प्रदेशबाट समेत अनुदान पाउनुभएकी गोदारले श्रीमानलाई बोलाएर दुईजनाले संगै गाईपालनलाई विस्तार गर्ने योजना रहेको सुनाउनुभयो । अनुदानकै लागि भन्दा पनि आफ्नो लागि गर्नुपर्छ भन्ने भावनाका साथ निरन्तर परिश्रम गर्नुपर्ने उहाँको सोँच छ । पशुपालनका लागि आवश्यक प्राविधिक सहयोग नगरपालिकाले गर्दै आईरहेको छ ।
विदेशमा मात्रै नभई यही श्रम गरेमा मनग्य आम्दानी गर्न सकिने भन्दै उहाँले श्रीमानलाई स्वदेश फिर्ता बोलाउनुभएको छ । व्यवसायिक रुपमा अगाडि बढ्दा धेरै संर्घष तथा चुनौती व्यवहोर्दै आउनुभएकी कमला व्यावसायमा लाग्न चाहानेहरु मन आँटिलो गरेर त्यसमै भविष्य बनाउछु भनेर अगाडि बढ्नुपर्ने सुझाव दिनुहुन्छ ।
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















