स्याङ्जामा यस वर्ष ९९ प्रतिशत रोपाइँ
कला राना
वालिङ,१८ साउन– स्याङ्जामा यस वर्षको रोपाइँ सकिएको छ । यस वर्ष जेठबाटै प्रयाप्त पानी परेका कारण जिल्लामा धान खेती हुने क्षेत्रफल मध्ये रोपाइँँ प्रतिशतमा बृद्धि भएको छ ।
यस वर्ष जिल्लामा ९९ प्रतिशत रोपाइँ गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । जिल्लामा जेठ दोस्रो सातादेखि शुरु भएको रोपाइँ साउन दोस्रो सातामा सकिएको हो । गत वर्षको तुलनामा एक प्रतिशत बढी रोपाइँ भएको हो । रोपाइँ प्रतिशत बढ्नुको मुख्य कारण नै जेठमै वर्षा हुुनु हो ।
पछिल्लो समय आधुनिक प्रविधिको प्रयोगका कारण पनि रोपाइँ सहज भएपछि कृषकहरु कृषि खेतीमा आर्कषित भएका छन् । सतप्रतिशत रोपाइँ नभएपनि समग्रमा यस वर्ष रोपाइँ राम्रो भएको हमालले बताउनुभयो । जेठबाट आँधीखोला, फेदीखोला, पुतलीबजार लगयातका स्थानहरुमा रोपाईँ शुरु भएको थियो अन्तिमा गल्याङ, चापाकोट कालीगण्डकीमा रोपाइँ गरिएको हो ।
कालीगण्डकी, चापाकोट, गल्याङ लगायतका स्थानहरुमा ढिला रोपाइँ गर्ने प्रचलन छ । उक्त स्थानहरुमा ढिला रोपाइँले उत्पदानमा कुनै प्रभाव पारेको छैन् । यस वर्ष करिव १६ हजार हेक्टरमा रोपाइँ गरिएको र ५५ हजार मेट्रिक टन धान उत्पदान हुने प्रारम्भिक अनुमान गरिउको ज्ञान केन्द्रका प्रमुख हमालले बताउनुभयो ।
पछिल्लो समय उन्नत जातका धानखेतीमा आकर्षित भएका छन् । किसानहरुले विशेषगरी साबित्री, राधा ४, सुनौलो सुगन्धा, खुमल ११, मकवानपुर १, स्थानीय मन्सुली, राधा ७, राधा ११ र १२ लगायतका उन्नत जातका धान लगाउने गरेका छन् । पछिल्लो समय उन्नत जातका धानहरुले समेत राम्रो उत्पादन दिने भएपछि कृषकहरु उन्नत जातमा आर्कषित भएका हुन् । यसै गरी, बर्मेली, जर्नेली, अनदी, गुर्दी, पहेंले, खुमल, गोला लगायतका स्थानीय धान पनि रोपिन्छन् । जिल्लाको धान बाली मुख्य खाद्यान्न बाली हो ।
जिल्लाको आँधीखोलाका किनार, फेदीखोला, पुतलीबजार, वालिङ, भीरकोट, गल्याङका तल्लो भेग, चापाकोट, ज्याग्दी फाँट, कालीगण्डकी किनार धान खेतीका लागि उर्बर भुमि मानिन्छ । जिल्लामा धान खेती हुने कूल भु—भाग १६ हजार ८ सय ३० हेक्टर छ ।


ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















