स्याङ्जामा यस वर्ष ९९ प्रतिशत रोपाइँ
कला राना
वालिङ,१८ साउन– स्याङ्जामा यस वर्षको रोपाइँ सकिएको छ । यस वर्ष जेठबाटै प्रयाप्त पानी परेका कारण जिल्लामा धान खेती हुने क्षेत्रफल मध्ये रोपाइँँ प्रतिशतमा बृद्धि भएको छ ।
यस वर्ष जिल्लामा ९९ प्रतिशत रोपाइँ गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । जिल्लामा जेठ दोस्रो सातादेखि शुरु भएको रोपाइँ साउन दोस्रो सातामा सकिएको हो । गत वर्षको तुलनामा एक प्रतिशत बढी रोपाइँ भएको हो । रोपाइँ प्रतिशत बढ्नुको मुख्य कारण नै जेठमै वर्षा हुुनु हो ।
पछिल्लो समय आधुनिक प्रविधिको प्रयोगका कारण पनि रोपाइँ सहज भएपछि कृषकहरु कृषि खेतीमा आर्कषित भएका छन् । सतप्रतिशत रोपाइँ नभएपनि समग्रमा यस वर्ष रोपाइँ राम्रो भएको हमालले बताउनुभयो । जेठबाट आँधीखोला, फेदीखोला, पुतलीबजार लगयातका स्थानहरुमा रोपाईँ शुरु भएको थियो अन्तिमा गल्याङ, चापाकोट कालीगण्डकीमा रोपाइँ गरिएको हो ।
कालीगण्डकी, चापाकोट, गल्याङ लगायतका स्थानहरुमा ढिला रोपाइँ गर्ने प्रचलन छ । उक्त स्थानहरुमा ढिला रोपाइँले उत्पदानमा कुनै प्रभाव पारेको छैन् । यस वर्ष करिव १६ हजार हेक्टरमा रोपाइँ गरिएको र ५५ हजार मेट्रिक टन धान उत्पदान हुने प्रारम्भिक अनुमान गरिउको ज्ञान केन्द्रका प्रमुख हमालले बताउनुभयो ।
पछिल्लो समय उन्नत जातका धानखेतीमा आकर्षित भएका छन् । किसानहरुले विशेषगरी साबित्री, राधा ४, सुनौलो सुगन्धा, खुमल ११, मकवानपुर १, स्थानीय मन्सुली, राधा ७, राधा ११ र १२ लगायतका उन्नत जातका धान लगाउने गरेका छन् । पछिल्लो समय उन्नत जातका धानहरुले समेत राम्रो उत्पादन दिने भएपछि कृषकहरु उन्नत जातमा आर्कषित भएका हुन् । यसै गरी, बर्मेली, जर्नेली, अनदी, गुर्दी, पहेंले, खुमल, गोला लगायतका स्थानीय धान पनि रोपिन्छन् । जिल्लाको धान बाली मुख्य खाद्यान्न बाली हो ।
जिल्लाको आँधीखोलाका किनार, फेदीखोला, पुतलीबजार, वालिङ, भीरकोट, गल्याङका तल्लो भेग, चापाकोट, ज्याग्दी फाँट, कालीगण्डकी किनार धान खेतीका लागि उर्बर भुमि मानिन्छ । जिल्लामा धान खेती हुने कूल भु—भाग १६ हजार ८ सय ३० हेक्टर छ ।


ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















