जमिन उपयोग गर्नेमा धनकुटा पहिलो जिल्ला

कविराज घिमिरे

धनकुटा,९ साउन– प्रदेश १ मा सबैभन्दा धेरै खेतीयोग्य जग्गाको उपयोग गर्ने जिल्लामा धनकुटा रहेको पाइएको छ । प्रदेश १ कृषि मन्त्रालयको तथ्यांक अनुसार धनकुटामा कूल खेतीयोग्य जग्गा ९८ प्रतिशत उपयोग गरेको छ भने सबैभन्दा कम भने ओखलढुंगाले ४०.४१ प्रतिशत मात्रै उपयोग गरिरहेको छ । 

धनकुटाका कूल ८९ हजार २ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा भने ४० हजार ७२३ हेक्टर क्षेत्रफल मात्रै छ । जसमा ३९ हजार ९१० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरेको छ । उता ओखलढुंगाको ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको भएपनि उपयोग भने २३ हजार ८७० हेक्टर मात्रै गरिएको छ ।

धनकुटापछि खेतीयोग्य जग्गा उपयोग गर्ने जिल्लामा सङ्खुवासभा रहेको छ । सङ्खुवासभाले कूल खेतीयोग्य जग्गा ३१ हजार ५९६ अर्थात ९६.८५ प्रतिशत जमिन उपयोग गरेको छ । यस्तै मोरङले ९२, उदयपुरले ९१.५९, भोजपुरले ९१.३९ प्रतिशत खेतीयोग्य जग्गाको उपयोग गरेका छन् । झापाले ९१.१७, सुनसरीले ९०.९५, इलामले ९०, सोलुखुम्बुले ८९.५८, पाँचथरले ८६.०७, ताप्लेजुङले ८१.६७ र तेह्रथुमले ८१.६२ प्रतिशत खेतीयोग्य जग्गा उपयोग गरेका छन् ।

प्रदेश १ मा रहेको कूल क्षेत्रफल २५ लाख ९० हजार ५ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा मध्ये ३१ दशमलव ९१ अर्थात् ८ लाख २६ हजार ६४६ रहेको छ । उक्त खेतीयोग्य जग्गाको उपयोग भने ७ लाख १४ हजार ३८४ अर्थात् ८६ दशमलव ४२ प्रतिशत भएको तथ्यांकमा उल्लेख छ ।गोपअ

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal