ठगी आरोपमा कल सेन्टरका सञ्चालक पक्राउ, १५० युवायुवती प्रहरी नियन्त्रणमा

कपिल ज्ञवाली 

रुपन्देही,८ साउन–  रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरका सञ्चालकलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ।  ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरका नौ जना सञ्चालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

 सर्वसाधारणलाई ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालक पक्राउ गर्दै त्यहाँ कार्यरत १५० जना युवा युवतीलाई कार्यालयमै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिनुभयो। 

भारतीय र चिनियाँ नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइल, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको डीएसपी केसीको भनाइ छ। 

अश्लील म्यासेज पठाउने, चिठ्ठा प¥यो भन्दै ठगी गर्ने कार्यमा संलग्न करिब १ सय ५० जनालाई कार्यालयभित्रै नियन्त्रणमा राखेको केसीको भनाइ छ। 

अनुसन्धानका लागि प्रहरीले उक्त कार्यालय भएको भवनलाई नै शिल गरेको छ। तिलोत्तमा नगरपालिकाको वडा नम्बर २ जानकी नगरमा ४ तलाको घरमा तीन वटा फ्ल्याट भाडामा लिएर तीन सय जति कम्प्युटरसहित कार्यालय सञ्चालन हुँदै आएको थियो। पछिल्लो समय सर्वसाधारणलाई गलत सन्देश पठाएर तनाव दिने र ब्ल्याकमेलिङ गर्ने क्रम बढेपछि प्रहरीले आइतबार त्यहाँ छापा मारेको हो। 

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal