एकै दिन ४५७ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाण्डाै,२ साउन– नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार चार हजार ६५१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४५७ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा दुई हजार ३४१ जनाको आरटी पीसीआर गर्दा ३८६ जनामा र दुई हजार ३१०  जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा सङ्क्रमण देखिएको छ ।

परीक्षण गरिएकामध्ये ९.८२ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी १६३ जना काठमाडौंमा रहेका छन् । त्यसैगरी, भक्तपुरमा १० र ललितपुरमा ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

२४ घण्टामा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ९८ हजार नौ सयजनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

शून्य सङ्क्रमित भएका जिल्ला आठ छन् । काठमाडौंमा एक हजार १३, भक्तपुरमा २८,ललितपुरमा ९२ जना सक्रिय सङ्क्रिमत रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये एक हजार ७०१ जना होम आइसोलेसनमा, ७५ जना अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये १५ जना आइसियू र एकजना भेन्टिलेटरमा छन् ।स्रोतः गोरखापत्र

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal