वालिङमा युआरएलको प्रयोगशालामा स्वास्थ्य परिक्षण भएपछि सेवाग्राही खुसी

वालिङ,२७ असार– भनिन्छ स्वास्थ्य मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । आजभोली मानिसले कल्पना गरेभन्दा भिन्न खालका रोगहरुले गर्दा हरेक मानिस आफ्नो स्वास्थ्य प्रति सचेत बन्दै गएको पाइन्छ ।

मानिसले आफ्नो स्वास्थ्यमा समस्या नआएसम्म स्वास्थ्य परिक्षण नगर्ने बानीमा अहिले भने निकै परिवर्तन आएको छ । अहिले मानिहरु शरिर सामान्य रहेको अवस्थामा पनि अस्पतालमा गएर आफ्नो स्वास्थ्य परिक्षण गर्ने र चिकित्सक संग प्रामर्श गरेर आफ्नो स्वास्थ्यको अवस्थाका बारेमा जानकार हुने क्रम बढ्दै गएको पाईन्छ । सर्वसाधारणको स्वास्थ्य प्रतिको चासो र समस्यामा वालिङमा अत्याधुनीक प्रविधि सहितको प्रयोगशाला युआरएल सञ्चालनमा आए संगै सर्वसाधारण जनताले राहत महसुस गरेकाछन् । प्रयोगशाला संग सम्बन्धीत परिक्षणको लागि पोखरा जानुपर्ने बाध्यताको यो प्रयोगशालाको स्थापना संगै अन्त्य भएको छ ।

कतिपय बिरामीले खालिपेटमा परिक्षण गर्नुपर्ने अवस्थामा वालिङदेखि खालिपेट पोखरा जादा निकै समस्या भोग्नु पर्ने हुन्छ । वालिङ १० तल्लो वालिङमा युआरएल प्रयोगशाला सञ्चालनमा आए संगै प्रयोगशाला संग सम्बन्धीत परिक्षण हुनेहुदा स्थानिय बासिन्दालाई निकै सहयोग पुगेको छ ।
युआरएल प्रयोगशालाको परिक्षण भरपर्दो भएकोले स्थानिय बासिन्दालाई सहज भएको वालिङ ८ का युवराज पाठकले बताउनुभयो । यस ल्याबमा क्यान्सर, थाइराइड, बाँझोपन, मृर्गैला, कलेजो, मुटु, हाडजोर्नी, बाथ, नशा, एलर्जीको जाँच सहित होलबोडीको परिक्षण हुने प्रयोगशालाका इन्चार्ज जयप्रकाश ठाकुरले जानकारी दिनुभयो ।

०७८ चैत १ गते वालिङमा युआरएल स्थापना भएको र प्रयोगशालामा स्वास्थ्य परिक्षणको लागि आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको इन्चार्ज ठाकुरले बताउनुभयो । वालिङबाट बिहानै पोखरा पुगेर अस्पतालमा प्रयोगशाला संग सम्बन्धित परिक्षण गरेर चिकित्सकलाई रिपोर्ट देखाएर घर फर्किन ढिला हुदा बिभिन्न किसिमका समस्या भोगदै आएका बिरामीले वालिङमै प्रोगशालामा परिक्षण गरेर जादा युआरएलको रिर्पोटलाई अस्पतालहरुले मान्यता दिने गरेको र यसले निकै सहज भएको सेवाग्राहीहरुले बताउने गरेकाछन् ।

युआरएल वालिङले बिरामीको अवस्था हेरी घरमै पुगेर सेवा समेत दिदै आएको जनाएको छ । प्रयोगशालामा इन्चार्ज जयप्रकाश ठाकुर सहित ६ जना कार्यरत रहेकाछन् । स्याङ्जाको जिल्ला सदरमुकाम पुतलीबजारमा पनि युआरएलको प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal