गल्याङ नगरपालिकाको बजेट पारित, जनतालाई केन्द्रमा राखेर काम गर्न नगरप्रमुख भट्टराईको आग्रह


केपी खनाल
गल्याङ,२३ असार– गल्याङ नगरपालिकामा आगामि आर्थिक वर्षका लागि पेश गरिएको बजेट सर्वसम्मत पारित भएको छ । असार १० गते बसेको ११ औं नगरसभाको पहिलो बैठकमा पेश गरिएको आगामि आर्थिक वर्ष २०७९÷०८० को बजेट बुधबार बसेको दोश्रो बैठकले सर्बसम्मत पारित गरेको हो ।
बैठकमा नगरसभाका अध्यक्ष एवं गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले जनतालाई केन्द्रमा राखेर आगामि आर्थिक वर्षको बजेट कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले गल्याङ नगरपालिकालाई सम्मृद्धिमा लैजाने गरी बजेट तयार पारिएको भन्दै जनताका आकांक्षाहरु क्रमशः पुरा गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
नगरसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै नगरप्रमुख भट्टराईले भन्नुभयो, ‘नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी बजेट आएको छ, सबै मिलेर यसको सही कार्यान्वयन गर्नुपर्छ ।’
जनताका आकांक्षा पुरा गर्नका लागि एक मिनेट पनि समय खेर फाल्न नहुने भन्दै उहाँले तोकिएका योजनाहरुलाई सही रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
नगरप्रमुख भट्टराईले सम्मुनत नगर बनाउनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुपर्ने भन्दै जनप्रतिनिधिहरु अझै बढि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नगर उपप्रमुख हेमा न्यौपानेले ८६ करोड ५६ लाख ४२ हजार रुपैयाँको बजेट पेश गर्नुभएको थियो । जसमध्ये ३७ करोड १० लाख रुपैंयाँ संघीय सरकारको सशर्त अनुदान रहेको छ भने बाँकी ४९ करोड ४६ लाख ४२ हजार नगरपालिकाको बजेट रहेको छ । चालु तर्फ १५ करोड ३७ लाख २७ हजार रुपैयाँ खर्चको अनुमान गरिएको छ । आगामी आर्थिक न्यौपानेले पेश गर्नुभएको आगामि आर्थिक वर्षको सो बजेट सर्वसम्मत पारित पारित भएको छ ।
बैठकमा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सम्पन्न नभएका योजनाको समय बढाउन प्राविधिक कारणले सम्भव नभएको जानकारी दिनुभयो । उहाँले सुत्रमा तोकिएको समय अवधि भित्र नै योजनाका कामहरुको भूक्तानी गर्ने व्यवस्था भएकाले नगरपालिकाले समय थप्न नमिल्ने बताउनुभयो । बैठकमा केही सदस्यहरुले केही अवधि बढाएर सम्पन्न नभएका योजनाहरु सम्पन्न गरी भूक्तानी दिने व्यवस्था मिलाउनुपर्ने बताएका थिए ।
यस्तै, बैठकले उपप्रमुख हेमा न्यौपाने संयोजक रहेको न्यायिक समिति गठन गरेको छ । समितिका सदस्यहरुमा घना भट्टराई र विक्रम पाण्डे रहनुभएको छ । यसैगरी बैठकले होमबहादुर थापाको संयोजकत्वमा अरुण पल्ली र प्रकाश भट्टराई सदस्य रहेको लेखा समिति पनि गठन गरेको छ ।
यस्तै विधायन समिति संयोजकमा दिपेन्द्रबहादुर राना तथा सदस्यहरुमा रमेश अधिकारी र लेसम थापा रहनुभएको छ भने सुशासन समितिमा संयोजक डोलमाया बस्याल रहनुभएको छ भने सदस्यहरुमा मोहन डुम्रे र सरिता विश्कर्मा चयन हुनुभएको छ । बैठकले चार वटै समितिलाई सर्वसम्मत चयन गरेको हो ।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal